लण्डन । बेलायतकालागि नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्यलाई विभिन्न सघंसंस्थाले संयुक्त रुपमा स्वागत एवम् अभिनन्दन गरेका छन् ।
सयुक्त अधिराज्य बेलायतकालागि २२ औँ राजदुतको रुपमा पदभार ग्रहण गरेका आचार्यलाई बेलायतस्थित नेपाली विभिन्न जातजातिको प्रतिनिधित्व गर्ने सघंसंस्थाहरु, नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेले संयुक्तरुपमा बेलायतमा भब्य स्वागत गर्नुको साथै परिचायत्मक कार्यक्रम सम्पन्न गरेका छन् ।
सोही अवसरमा राजदुत आचार्यकी धर्मपत्नी सुनिता आचार्य र दुतावासका प्रवक्ता तथा उपनियोग प्रमुख रोशन खनाललाई पनि स्वागत एवम् अभिनन्दन गरिएको थियो । कार्यक्रममा ४ वटै सघंसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आ-आफ्नो मन्तब्य राख्दै भूपु गोर्खाहरुको पेन्सन, नेपाली नागरिकता निरन्तरताको बारेमा राजदुत आचार्यको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा मगर संघ युकेका निबर्तमान अध्यक्ष दुत पुन र अध्यक्ष सुनिल रानाले नेपालको प्रथम शहिद लखन थापाको स्मृति दिवस पनि शहिद स्मृति दिवसको दिनमा नेपाली राजदुतावास लण्डनले कार्यक्रमको संयोजक गरिदिन अनुरोध गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदुत महामहिम कुलचन्द्र आचार्यले सम्पूणर् विषय तथा जिज्ञासाहरुको बारेमा छलफल र अध्ययन गरेर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै दुतावासको प्रवक्ता तथा उपनियोग प्रमुख रोशन खनालले उक्त जिज्ञासाहरुको तथा बिषयहरुको समाधान गर्न महामहिमज्युलाई सक्दो सहयोग गर्ने बताएकी थिईन् ।
कायक्रममा सर्जकहरु संस्थाका उपाध्यक्ष लिला सेलुङ माबो, सल्लाहकारहरु बिस्वास्दिप तिगेला, डा. सुमाया राई, एकिन्द्र गुरुङ, चिम्खोले काईला र सचिब अमित थेबेले पुस्तक प्रकाशित गरेको उपलक्षमा सम्मान गरिएको थियो भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका नबनिर्वाचित अध्यक्ष गोमा रानालाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव बिमला सेने लिम्बु, मगर संघ युकेका महासचिव रुद्र थापालाई नेपाल आदिवासी जनजाति अन्तराष्ट्रिय समन्वय समितिको केन्द्रिय प्रतिनिधि सदस्यमा निर्वाचित भएकोमा सम्मान समेत गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन महासचिब बिमला सेनेले गरेका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका नबनिर्वाचित अध्यक्ष गोमा रानाले स्वागत मन्तव्य राखेकी थिईन् भने नेपाल आदिवासी जनजाति महासंघ युकेका संथापक अध्यक्ष थर्क राना, निवर्तमान अध्यक्षहरु श्री लिम्बु, तुल छन्त्याल, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष गोमा राना, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका अध्यक्ष शान्तकला राई लगायत नेपाली आदिवासी जनजातिहरुको उपस्थिति रहेको थियो ।






