काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति वैशाख ११ वा १२ तोक्ने गरि प्रस्ताव गरेको छ ।
उम्मेदवारी मनोनयनपछि प्रचार प्रसारको म्याद दुई साताभन्दा बढी नहुने गरि मिति तोक्नेबारे पनि छलफल भइरहेको छ । आयोगको बैठकमा मनोनयनको मितिबारे छलफल भए पनि निणर्य भने भइनसकेको आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले जानकारी दिए ।
आयोगको बैठकमा उम्मेदवारी मनोयनका लागि दुई दिन समय छुट्याउनेबारे छलफल भइरहेको छ । आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ ।
आयोगले वैशाख ११ देखि मनोनयन प्रक्रिया शुरु गरेर १७ गतेसम्म चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका बनाएको छ ।






