सोलुखुम्बु – भीरबाट लडेर सोलुखुम्बुमा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-२ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका-१ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
लामाको लबुचे भिरबाट लडेर ज्यान गएको हो भने लामिछानेको सोताङ गाउँपालिका-१ मा रहेको हुँगा दूधकोसी सामुदायिक वनको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटुवालले जानकारी दिए ।
बिहीवार छोराको घर जान्छु भनेर हिँडेका लामाको तीन दिनसम्म गन्तव्यमा नपुगेको खबर आफन्तले दिएपछि खोजतलास गर्दा हिजो शव भेटिएको हो ।
यस्तै लामिछानेको सामुदायिक वनमा घाँस काट्न जाने क्रममा हिजो भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।






