सिन्धुपाल्चोकमा मादक पदार्थ सेवन गरेर बिजयले आमा–मामा दुबैलाई मारे

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ माख्लो गाउँमा आमा र मामाको ज्यान लिएको अभियोग लागेका युवकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

मादक पदार्थ सेवन गरेर आमा र मामालाई बाँसको भाटा र ढुंगाले ज्यान लिएको आरोपमा विजय तामाङलाई प्रहरीले पक्राउ गरेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

माद पदार्थ खाएर उदण्ड बनेका विजयले आइतबार साँझ ७० वर्षीया आमा वासुमाया तामाङ र ५९ वर्षीय मामा सन्तविर तामाङको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका नायब उपरीक्षक एवं सूचना अधिकारी दक्षबहादुर बस्नेतले जानकारी दिनुभयो ।

स्थानियका अनुसार मामा भान्जा मदिरा सेवन गरेर रमाइलो गरिरहेकै बेला मामा सन्तविरले पारिवारीक कुरा निकालेर विजयलाई ‘त मेरो छोरो होस’ भन्नासाथ धकेलाधकेल हुन थालेको र विजयले कुट्दै र लखेट्दै सडकमा पुरयाएर त्यही रहेको बाँसको भाटा र ढुंगाबाट ज्यान लिएका थिए । त्यही रिसमा विजयले आमालाई पनि भाटा प्रयोग गरेर मारेर भागेका थिए ।

घटना लगत्तै नजिकै रहेको जंगलमा लुकेर बसेका बिजयलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।