बेलायतले नेपाललाई दिएको आठ लाख डोज कोरोना खोप नेपाल पुग्यो

लण्डन । बेलायतले नेपाललाई दिएको आठ लाख डोज कोरोना खोप आज नेपाल पुगेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत  आष्ट्राजेनिकाले उत्पादन गरेको ८ लाख ६२ हजार ८० डोज खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले जानकारी दिईन् ।

बेलायत सरकारले प्रतिबद्धता जनाएको २१ लाख ७४ हजार १६० डोज आष्ट्राजेनिका खोप  मध्ये बाँकी  १३ लाख डोज पनि छिट्टै नेपाल आइपुग्ने उनले बताईन् ।

राजदुत पोलिटले नेपालमा कोरोना खोप अभियान प्रभावकारी रुपमा सञ्चालन भइरहेको र यसले बालबालिकाको पठनपाठन तथा व्यवसाय यथावत सञ्चालन हुनका लागि सहयोग गर्ने बताईन् ।