माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा

काठमाडौं – नेकपा माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ।

आइतबार जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ केन्द्रीय समितिमा तय भएको संख्याबारे प्रतिनिधिहरुलाई सुनाएका हुन्।

‘खुला तर्फ १४५ जना हुने भए, दुइवटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदैछन् । खुलाबाट १११ जना । यसो गर्दा २३६ जनाको केन्द्रीय समिति घोषणा हुने भयो । समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ रह्यो । खुला तर्फ ३४ जना बाँकी रह्यो’ उनले भने ।

प्रचण्ड’ ले जारी बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम वाचन गरेका छन् । तर उनले १५ प्रतिशत केन्द्रीय सदस्य भने छान्न सकेका छैनन् । बन्दसत्रमा नाम वाचन गर्दै उनले सबैलाई समेट्ने आश्वासन दिए।

यस्तै पदाधिकारीहरुको टुँगो भने भोली लाग्ने भएको छ । प्रस्तावित नामहरुमा सहमति नभए निर्वाचन हुने भएको छ ।