लण्डन । प्रो एलिट क्लवले नयाँ बर्ष २०२२ लाई स्वागत गर्न विशेष सांङ्गीतिक कार्यक्रम गर्ने भएको छ । समृद्धिको अभियानमा विश्वव्यापी रुपमा क्रियासिल रहेको उक्त क्लवले अंग्रेजी नयॉ बर्ष २०२२ को सुखद अवसरमा नेपालका चर्चित राष्ट्रिय स्तरका कलाकार हरुबाट विशेष कार्यक्रम गर्न लागेको हो ।
भर्चुअल रुपमा उक्त कार्यक्रम यहि डिसेम्बर ३१ शुक्रबार यूके समयानुसार दिनको २ बजे देखि कार्यक्रम गरिने क्लबका
सक्रिय सदस्य ललित न्योपानेले लण्डन नेपाल न्यूजलाई बताए ।
संस्थाको विश्वव्यापी अभियान बारे जानकारी दिनको निम्ति पनि यो कार्यक्रम प्रभावकारी हुने उनको भनाई छ । कार्यक्रममा बहुचर्चित नेपाली कलाकारहरूले भव्य प्रस्तुति दिने भएका छन् । सो कार्यक्रम जुम, टेलिग्राम, यु्ट्युब, इन्स्ट्राग्राम, फेसबुक लाइभ मार्फत प्रत्यक्ष प्रशारण हुने छ ।
पछिल्लो समयमा विश्वभर रहेका नेपालीहरूमाझ लोकप्रिय बन्न सफल यस क्लबले विश्वभरका नेपालीहरूलाई एकैठाउँ जोड्न सफल भएको समेत सक्रिय सदस्य न्योपानेले बताए।






