नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा प्रविण कंडेल, अरु को को आए ?

सिड्नी । नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा प्रविण कंडेल चयन भएका छन् ।

१८ डिसेम्बरमा भएको नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको पाँचौं अधिबेशन भर्चुवल माध्यमबाट सम्पन्न गर्दै कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

प्रवास समन्वय समितीका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यता, प्रवास समन्वय समितीका उपाध्यक्ष लक्ष्मण पन्त र ओशियाना संयोजक शेषमणि शर्माको विशेष उपस्थितीमा भएको कार्यक्रमले कंडेलको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

अध्यक्ष एक, उपाध्यक्ष तिन, महासचिव, सचिव, कोषाध्यक्ष , राष्ट्रिय महिला संयोजक र रास्ट्रिय युवा संयोजक गरी नौं जना पदाधिकारी र बाँकी सदस्य गरी ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ।

महासचिव क्षेत्री

जसको उपाध्यक्षमा हिमलाल गैर्है, कपिल पाण्डे ,लोकराज पौडेल त्यस्तै महासचिबमा चुन्ना क्षेत्रि, सचिबमा  बिक्रम शर्मा पंगेनि, कोषाध्यक्षमा प्रतिक पोखरेल राष्ट्रिय महिला संयोजकमा सजना मानन्धर र  रास्ट्रिय युवा संयोजकमा सुजन न्यौपाने चयन भएका छन् । त्यस्तै  केन्द्रिय सदस्यहरूमा अनिल पौडेल, हेमन्त खड्का, टंक सापकोटा, कलम खड्का, खिम भन्डारी, जिबलाल न्यौपाने, सन्तोष कंडेल, रेमन केसी, आविस्कार पाण्डे, राजु ढकाल, प्रमोद दवाडी, सिताराम सापकोटा, माया प्रसाद सुवाल, गौतम लामिछाने, अनन्त पौडेल, यादव वस्याल, क्रिस भट्टराई, सुजन अधिकारी, दिपक पान्डे, राजन नेपाल, कृष्ण पौडेल, रमेश बेलबासे र जगदिश देबकोटा रहेका छन् ।

शनिबार सम्पन्न अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रवास समन्वय समितीका अध्यक्ष एवं प्रमुख अतिथि ओम शर्माले नेपालीहरुको हकहितको आवाजलाई बुलन्द पार्दै अस्ट्रेलियामा संगठन हाक्न सक्ने गरी अघि बढ्न नयाँ नेतृत्वलाई सुझाव दिएका थिए ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि एवं प्रवास समन्वय समितीका उपाध्यक्ष लक्षमण पन्त, ओशियाना संयोजक शेषमणि शर्मा, प्रवास समन्वय समितीका सदस्य मनरिसि धिताल, बाबुराजा महर्जन, इश्वर पौडेल, प्रकाश अधिकारि, सुनिता रेग्मि, पूर्व अध्यक्षहरु झलक राज ढुङ्गाना, भरत नेपाल, माण्डव राज कार्की, निबर्तमान उपाध्यक्ष निराजन गौली, नेपाली जनप्रगतिशील मञ्च न्यूजिल्याण्डका अध्यक्ष बिशल गौतम लगायतले शुभकामना व्यक्त गरेका महासचिव क्षेत्रीले जानकारी दिए ।

अध्यक्ष कंडेलले नेपालमा नेकपाको एकता भंग भएसँगै आ–आफ्नो संगठन विस्तार अभियान चलेसँगै अष्ट्रेलियामा पनि सोही अनुसार अघि बढीरहेको जानकारी दिए ।उनले केन्द्रीय नेतृत्वलाई सबल, सक्षम र जनमुखी बनाउनको निम्ती नियमित रुपमा झकझकाउने काम भने गरिरहेको बताए ।

महासचिव क्षेत्रीले नेपाल र नेपालीको कल्याणको निम्ती संगठन कटिबद्ध रहेर काम गर्ने प्रतिबद्धता जनाए । उनले पार्टी अब नेतृत्व चयनमा लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन तर्फ अघि बढेको समेत जानकारी दिए ।