काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना चलिरहेको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा साढे १० बजेदेखि मतगणना सुरु भएको हो। मतगणना तीन ठाउँबाट सुरु गरिएको निर्वाचन समितिले जनाएको छ। मतगणनाको परिणाम चार घण्टामा आइसक्ने जनाइएको छ। विधान अनुसार कांग्रेसमा दुई महामन्त्री निर्वाचन हुने व्यवस्था छ। महामन्त्रीका लागि गगनकुमार थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका थिए।
जसमा गगन थापाले अग्रता कायम राखेका छन् । १४९५ मतगणनामा गगन कुमार थापा ९५५, प्रकाश शरण महत ४९१, प्रदिप पौडेल ४४९, मिनेन्द्र रिजाल २७५, राजाराम कार्की ४६, विश्व प्रकाश शर्मा ६६० मत पाएका छन् ।
थापा र रिजाल शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका हुन् । देशरबहादुर देउवा प्यानलबाट महत र पौडेल महामन्त्रीका उम्मेदवार हुन् । यस्तै शर्मा प्रकाशमान सिंह तथा कार्की विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बनेका हुन् । सभापतिको दोस्रो चरणको मतदानमा सिंह र निधिले देउवालाई समर्थन गरेका थिए । कांग्रेसमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ






