हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डले भव्य रुपमा मनायो दशैं तिहार, तस्वीरमा हेर्नुहोस्

लण्डन । वेष्ट मिडल्याण्डमा रहेका नेपालीहरुको संस्था हाम्रो नेपाली समाजले नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सोमवार वोल्वर्ह्यम्प्टन शहरका मेयर ग्रेग ब्राकेंनरिजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि मेयर ग्रेग ब्राकेंरिज तथा संस्थाका अध्यक्ष गोमा पौडेलले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । सीतारा हल, म्याण्डर स्ट्रिट, वोल्भर्हाम्प्टनमा आयोजना भएको यस कार्यक्रममा ३ सय जना भन्दा धेरै सहभागि भएका थिए ।

कार्यक्रममा वोल्भर्हाम्प्टन सिटीका ३ जना काउन्सिलरहरु लगाएत अन्य संघसंस्थाका पदाधिकारीहरुको पनि उपस्थिति थियो। उपाध्यक्ष भीम शर्माले स्वागत मन्तब्य दिएको उक्त कार्यक्रमको पहिलो औपचारिक चरण निवर्तमान महासचीब डा. कृष्ण सापकोटा तथा स्वेच्छा भण्डारीले संचालन गरेका थिए भने कार्यक्रमको आर्थिक व्यवस्थापन कोषाध्यक्ष लिला खत्रीले गरेका थिए । कार्यक्रमको प्रारम्भमा गाइएको राष्ट्रिय गानले सबैको ध्यान आकर्षण गरेको थियो ।

कार्यक्रममा दशैं तिहारको शुभकामना मन्तब्य दिदै वोल्भर्हाम्प्टनका मेयरले यति राम्रो प्रस्तुति हेर्न पाउदा आफुलाइ एकदम खुसि लागेको बताए । नेपालीहरुको बाक्लो उपस्थिती र सक्रिय सहभागिता रहेको देखेर आफुलाई भबिस्यमा जुनसुकै कार्यक्रमको लागि पनि सम्झिन आग्रह समेत गरे । साथै आफ्नो तर्फबाट सस्थालाई हरेक किसिमको सहयोग गर्ने प्रातिबद्धता जनाए । साना साना नानीहरुको सांस्कृतिक नाँचले आफूलाई निकै प्रभावित भएको र भबिष्यमा पनि यस संस्थाको कार्यक्रममा आफ्नो सक्दो उपस्थिति जनाउने बताए ।

एनआरएनए आईसीसीका पुर्व सदस्य दयानिधि सापकोटा, साझा नेपाली समाजका अध्यक्ष कृष्ण शर्मा, उपाधक्ष प्रेम आले, हाम्रो नेपाली समाजका संस्थापक अध्यक्ष गंगाधर गौतम, निवर्तमान अध्यक्ष शिवलाल खराल, पूर्व अध्यक्षहरु मिलन सापकोटा, कृष्ण शर्मा, सरल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुरु भण्डारी लगायतले शुभकामना मन्तब्य राख्दै दशैंतिहारको शुभकामना ब्यक्त गरेका थिए ।

ओल्वर्ह्यम्प्टनमा बसोबास गर्न आएका नव आगन्तुकहरुलाई उक्त संस्थाका संस्थापक अध्यक्ष गंगाधर गौतम तथा अध्यक्ष गोमा पौडेलले खादा लगाएर स्वागत गरेका थिए । त्यस्तै स्थानीय फुटबल कोच तथा फुटबल टिमलाइ ऋषि सापकोटाले सम्मान गरेका थिए । दोस्रो चरणको सांस्कृतिक कार्यक्रम ऋषि सापकोटाले संचालन गरेका थिए। उक्त चरणमा नेपालबाट आएका ख्याती प्राप्त गायिका स्मिता दाहालको बेजोड प्रस्तुति रहेको थियो।

स्थानिय कलाकारहरु इभा सापकोटा, श्रेया खराल, शिब खराल , केश्भी पाण्डे, सोफिया घिमिरे, स्वेच्छा भण्डारी, सोयना सापकोटा , सान्वी सापकोटा, दृष्टि गौतम, सबिना गौतम, अनुष्का श्रेष्ठ, साइना बन्जाडे, तान्भी, आरिका, सुनिता बन्जाडे, मिरु, करुणा, दृष्ठी, ममताले सुन्दर नृत्य प्रस्तुत गरेका थिए ।

सो अवसरमा कवियत्री कल्पना अधिकारीले प्रस्तुत गरेको कविताले माहोललाई रोमाञ्चित बनाएको थियो । उक्त कार्यक्रममा कृष्ण सापकोटा तथा ज्योति भट्टराइको गायनमा दर्शकहरु नाच्दै रमाउदै गरेका थिए।

त्यस्तै शिब खराल, लक्ष्मी खराल, रिमा सापकोटा, रिता भण्डारी , भिम शर्मा, दिव्य शर्मा, सार्थक खराल, कल्पना अधिकारी, गंगा गैरे लगायतका स्थानीय कलाकारहरुद्वारा देउसी भैलो गाएर, नाचेर हलमा उपस्थित दर्शक हरुलाई मन्त्रमुग्ध गराए । मनोरन्जनात्मक कार्यक्रमको लागि ब्यबस्थापनमा लक्ष्मी खराल, रिमा सापकोटा लगायतको उपसमितिले सहयोग पुर्याएको थियो।

खानपिन ब्यबस्थापनमा पुरुषोत्तम भुषाल लगायतका टिमको उदाहरणिय योगदान भएको उक्त कार्यक्रममा, आर्थिक सहयोग दाताहरुको पनि सक्रिय उपस्थिति थियो। आर्थिक सहयोगदाता हरुलाई प्रेरित गर्न संयोजक द्वोय राम भट्टराई तथा सागर गैरे खटिएका थिए ।

वेष्ट मिडल्याण्डमा रहेका नेपालीहरुलाई एकशुत्रमा बाँध्ने लक्ष्य राखेको यस संस्थाले नेपाल र नेपालीहरुको कल्याणको निम्ती विभिन्न कामहरु गर्दै आएको छ ।