लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके उपाध्यक्ष तथा ‘नेपाली नागरिकता निरन्तरता विभाग’का संयोजक मोहन कार्कीले नेपालका गृहमन्त्री बालकृष्ण खांणसँग भेट गरेका छन् ।
केहीदिन अघि कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेटेका उनले विहिबार गृहमन्त्री खांणलाई भेट गरेका हुन् ।
भेटको क्रममा उनले एनआरएनहरुलाई नेपाली नागरिकताको निरन्तरताका लागि ऐनमा संशोधन गर्न तथा नेपाललाई युकेको ‘रेड लिस्ट’ बाट हटाउन पहल गर्न आग्रह गरेको लण्डन नेपाल न्यूजलाई बताए ।
उनले यी दुई मागहरु सम्बोधन गर्न ध्यानाकर्षण गराउँदै गृहमन्त्रीलाई ज्ञापनपत्र समेत दिएका छन् । सिंहदरबारस्थित मन्त्री कार्कीको कार्यकक्षमै भेटघाट गरी उनले यी दुई विषयलाई चाँडै समाधान गरिदिन आग्रह गरेका हुन् ।
भेटको क्रममा गृहमन्त्री खांणले संविधानमै भएको नागरिकता निरन्तरताको व्यवस्थालाई आवश्यक ऐनहरु संशोधन गर्दै सक्दो चांडो कार्यान्वयनको चरणमा लैजाने प्रतिवद्धता व्यक्त गरेको उपाध्यक्ष कार्कीले बताए ।यो पत्र हेर्नुस्
आफ्नी आमाको १३ औं दिने काजकिरीया सम्पन्न गरी उनी एनआरएन नेपालीहरुको तथा कोभिडको कारण रेडलिस्टमा नेपाल पर्दा भएको समस्या सुल्झाउनको निम्ती पहल गर्न अघि सरेका हुन् ।
बेलायतले नेपाललाई रातो जोनमा राखेसँगै नेपाल र नेपालीहरुलाई धेरै घाटा भएको भन्दै रेड लिस्टबाट हटाउनको निम्ती पहल गरेको र सरकारबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए ।
साथै उपाध्यक्ष कार्कीले आफ्नो यो प्रयासमा साथ दिने एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर सहित अन्य सहकर्मीहरुलाई आभार समेत प्रकट गरेका छन् ।






