एनआरएन यूकेमा मिडल्याण्डका हीरा सापकोटा ( दीपक ) को उम्मेद्वारीले ल्यायॊ हलचल ( भिडियो सहित )

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सदस्य पदमा उम्मेद्वारी दिएका हीरा सापकोटा (दीपक) ले एनआरएनए सुधारको मुख्य एजेन्डासहित चुनावी अभियानमा लागेका छन् ।

नेपालको गुल्मी जिल्ला मुसिकोट नगरपालिका ७ निवासी गुणाखर सापकोटा कान्छा छोरा उनी २००५ मा बेलायत आएका थिए । साधारण परिवारमा हुर्केर जसोतसो बेलायत आइपुगेका उनले डेढ दशदेखिको संघर्षले आफ्नो छुट्टै साम्राज्य खडा गर्न सफल भएका छन् ।

नेपाली समाज नटिङघम यूकेको अध्यक्ष समेत रहेका युवा व्यवसायी, समाजसेवी सापकोटाले अब एनआरएनएलाई विशुद्ध नेपालीको संस्था बनाउने अभियान नै आफ्नो मुख्य एजेन्डा रहेको बताए । ‘शुद्ध एनआरएनए, राजनीतिरहित एनआरएनए मेरो लक्ष्य हो, अहिले एनआरएनएमा धेरै विकृतिहरु फैलिएरहेको छ ।

ठूला ठूला कुरा गर्नेहरुमात्र आएका छन, काम भने भएको केही छैन । नितान्त राजनीतिको खेल मात्र भएको छ,’ लण्डन नेपाल न्यूजसँग उनले भने, ‘यी आम पव्लिकका कुराहरुलाई, यो पवित्र संस्थालाई राजनिती रहित बनाउन सक्दो प्रयत्न गर्ने नै मेरो अभियान हो ।’

बेलायतमा एक परिचित क्रिकेटर खेलाडी समेत रहेका युवाका ढुकढुकी सापकोटा गोल्डेन एभरेष्ट क्रिकेट लिगमा पुर्ब क्याप्टेन समेत रहेका थिए । मिडल्याण्डमा आफूले नेतृत्व गरेर छुट्टै पहिचान बोकेका उनको मुख्य चिन्ताको विषय हो– ‘एनआरएनएमा राजनिती पस्नु ।’ जसलाई उनले निमिट्यान्न पार्न चाहान्छन् । उनले भने, ‘राजनिती एनआरएनएलाई बर्बात बनायो, नेपालीहरुको संस्थाभन्दा बढी राजनीति गर्ने संस्थाजस्तो भएको छ अहिले यो । त्यसकारण बाँकी कामहरु फेरी गर्दै जाउँला, अहिले हामीलाई विशुद्ध राजनीतिरहित एनआरएनएको खाँचो छ, म त्यसैमा लाग्नेछु ।

मिडल्याण्डलाई युवा नेतृत्व चाहिन्छ भनेर अघि बढेका उनलाई जनसमर्थनको ओइरो लागेको छ । उनले एनआरएनएलाई राजनीति मुक्त बनाउँदै खेलप्रेमी र युवाहरूलाई समाजको मूलधारका सम्बाहक बनाउने अभियानमा पनि जुट्ने संकल्प बोकेको बताए । आफू विजयी भएर एनआरएनए यूकेको खेल संयोजकको रुपमा बोलायको नेपाली खेल क्षेत्रलाई अगाडी बढाउने पनि आफ्नो योजना रहेको उनले बताए ।

उनले वेलायको नेपाली समुदायवाट कम्तीमा पनी एक नेशनल क्रिकेट खेलाडी उत्पादन गर्ने उद्धेश्यले बिगत ४ बर्षदेखी बेलायतको मिडल्याण्डका युवाहरूसंग सहकार्य गरी क्रिकेट लिगको संयोंजक रही सञ्चालन गर्दै आएका छन्।

सापकोटाले एनआरएनएमा उम्मेद्वारी दिएसँगै मिडल्याण्डको नेपाली समुदायमा हलचल उत्पन्न भएको उनले बताए । उनी अध्यक्षका उम्मेद्वार प्रेम गाहा मगरका एजेन्डासँग सहमत भइ अघि बढेका छन् । ‘जितको सुनिश्चित भइसक्यो,’ उनले भने, ‘मैले यहाँ र स्वदेशमा दिएको योगदानको कदर गर्दै सदस्यमा जिताउनुहुनेछ भन्नेमा ढुक्क छु, यही नै मेरो विश्वास हो ।

सापकोटाले आफूलाई मत दिइ निर्वाचित गराउन यूके निवासी एनआरएनएका सबै पञ्जीकृत सदस्यहरुलाई आग्रह गरेका छन् ।(भिडियो सहित)

https://www.facebook.com/deepak.sapkota.526/videos/179533650758869