लन्डन ।बेलायत स्थित पन्चासे समाज यूकेले कोरोना प्रकोपका कारण समस्यामा परेका लाइ कोरोना बाट बचाउ अभियानमा ३ हजार ७ सय २३ पाउण्ड आर्थिक सहायोग गरेको छ ।
बेलायत स्थित राम्जा, चित्रे र राँपु ३ वटा गाँउहरू मिलेर बनेको संस्था पन्चासे समाज यूकेले मातृभुमि नेपालकाे गण्डकी प्रदेशमा कोरोनाको दोस्रो लहरसँगै संक्रमितहरुले अस्पतालमा अक्सिजन नपाएर मृत्युवरण गरिरहेको समयमा काेराेना भाईरस नियन्त्रणकाे लागि तमु धिं युकेले चालेको कदममा आथिक सहयाेग गरेकाे हो ।
नेपालमा कोरोना संक्रमित अक्सिजन नपाएर छटपटिइरहेको अबस्था भएकोले सामाजिक उत्तरदायित्व सम्झेर हाम्रो सानो सहयोगले केहि राहत होस् भन्ने उदेश्यले आर्थिक सहयोगमा जुटेका हौ पन्चासे समाज यूकेका अध्यक्ष शिबराम गुरुङ बि.ई.एम.ले लण्डन न्यूजसंग भने ।
काेभिडकाे महामारीमा अक्सिजनकाे अभाबले जीवन गुमाउनु परिरहेकाे अबस्थामा अक्सिजन कन्सन्ट्रेटर खरीद गर्न केहीमात्रामा भएपनि राहत मिलाेस र बिरामीहरूले नयाँ जिन्दकी पाअाेसभनी गएकाे आइतबार १६ जुनमा समाजकाे साधरण सभामा महासचिव जय गुरुङले भर्चुल जुमबाट हाेष्ट गर्दा अन्तिम बिबिधमा संस्थाकाे पुर्ब महासचिव तथा सल्लाहकार एअार कुमार गुरुङले नेपालमा अक्सिजनकाे अभाबले धेरैले ज्यान गुमाएको हुँदा हाम्रो समाजलेपनि याे बेलामा केही भूमिका खेल्दा कस्तोहाेलाभनि प्रस्ताव राख्नु भएकाे हुँदा सबै सदस्यज्यूहरूले त्यो बुँदालाई तुरुन्तै स्वीकार्दै पारीत गर्नुभएको थियाे। जस अनुसार भाेलन्टेयर रूपमा स्व.ईच्छाले दिने र ३ दिनसम्म म्याद राखेर चाैथाेदिनमा जतिपनि उठेकाे रकम संकलनगरी गुरुङहरूकाे ठुलाे संस्था तमु धिं यूकेलाई हस्तान्तरण गर्नेभनी पारीत गरिएको थियाे। साे अनुसार बिहिबार २० जुनमा तमु धिं यूकेलाई उक्त उठेकाे रकम ३,७२३ पाैंण्ड हस्तान्तरण गरेकाे पन्चासे समाज यूकेका अध्यक्ष शिबराम गुरुङ बि.ई.एम.ले जानकारी गराए ।
समाजले राखेको बैठकमा समाजका पुर्ब अध्यक्षहरू, सल्लाहकारहरू, र संस्थाका धेरैजसाे सदस्यहरू र आमा पार्टीको दिदीबहिनीहरूको पनि सहभागिता थियाे। उपस्थित सबैले आफ्नो गाउं लाई सम्झेर सहयोग गरेको र समाजले यसघि धेरैपटक नेपालमा भएका दु:खीहरूलाई आपत बिपतमा घाउँमा मलाम पट्टी लगाउने अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएका छ।
स्याङ्जा, पर्वत र कास्की जिल्लाको सिमानामा पर्ने पञ्चासे धर्मिक र ऐतिहासिक महत्व बोकेको ठाउँ हो । जुन पर्यटकीय गन्तव्यको रुपमा विकसित भई सकेको छ ।






