सिड्नी । सिड्नीमा साउथवेस्ट स्पोर्टस क्लब गठन भएको छ । सूर्यभक्त खनालको अध्यक्षतामा गठिन कार्यसमितिको उपाध्यक्षमा हरिभक्त अधिकारी र चन्द्रप्रकाश ढकाल छन् । यसैगरी महासचिव रन्जीत वन्त, सचिव सुजन न्यौपाने, कोषाध्यक्ष प्रज्जवल भट्टराई र पब्लिक अफिसरको जिम्मेवारी कमल भण्डारीले पाएका छन्।
कार्यसमिति सदस्यमा विक्रम शेरचन, कृष्ण भट्ट, प्रकाश क्षेत्री, रमेश अधिकारी, घनेन्द्र फियाक, भीमनारायण सापकोटा, रन्जन पाठक र रवि ओझा छन्।
गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलिया प्रवक्ता नन्द गुरूङको आतिथ्यतामा क्लब गठन गरिएको थियो । कार्यक्रममा साउथवेस्टका विभिन्न समाजका प्रतिनिधिको सहभागिता थियो ।
खेलकुदका माध्यमवाट सामाजिक सद्भाव र ब्यक्तिगत स्वास्थ्य दुवैलाई फाइदा हुने भएकाले स्पोर्टस क्लव गठन गरिएको नवगठित कार्यसमितिका अध्यक्ष सूर्यभक्त खनालले जानकारी दिए । उनले साउथवेस्ट स्पोर्टस क्लवलाई सवै समुदाय, वाद र विचारको साझा चौतारी बनाउने बताए । निकट भविश्यमै समितिलाई पूर्णता दिई भावी योजना र कार्यक्रमलाई मूर्त रुप दिने प्रतिवद्धता उनले ब्यक्त गरे।
कार्यक्रममा एनआरएन प्रवक्ता नन्द गुरूङले सामाजिक सद्भाव बढाउन खेलकुद महत्वपूर्ण भएको बताए । उनले राजनीतिक स्वार्थभन्दा माथि रहेर आगामी दिनमा खेलकुदका विभिन्न कार्यक्रमसहित अघि बढ्न वर्तमान कार्यसमिति सफल हुने विश्वास ब्यक्त गरे।
कार्यक्रममा नेपाली समाजका अगुवाहरु सन्दीप खनाल, राजेन्द्र कँडेल, सुरेश रेग्मी, बाबुराम गौतम, रन्जन पाठक, बुद्धि दवाडी, नारायण पाण्डे, चुन्ना क्षेत्री, अच्यूत थपलिया, राजन गुरूङ, प्रेम घिमिरे, पूर्ण दवाडीलगायतका सहभागीता थियो।






