लन्डन । तमु प्ये ल्हु संघ यूकेले नयाँ नेतृत्व पाएको छ । गत शनिबार भर्चुअल रुपमै सम्पन्न समाजको १६ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले रनबहादुर टु क्ल्हेप्री तमुको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपालको लमजुङ क्होलासोथर ३ घलेगाउँका रनबहादुर हाल स्वीन्डन यूकेमा बस्दै आएका छन् । उनी यसअघि मेजर खुसीमान गुरुङ एमभीओ नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष थिए ।
नवनिर्वाचित अध्यक्ष रनबहादुरले आफ्नो मन्तव्य राख्दै सबै अग्रज एवम् समाजका सदस्यहरुप्रति धन्यवाद ज्ञापन गरे ।






