संयुक्त राष्ट्रसंघले शनिबार आएको महाभूकम्पमा परेर एक करोडभन्दा बढी नेपाली प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित भएको बताएको छ । राष्ट्रसंघले आफ्नो आन्तरिक र सरकारसँगको संयोजनमा गरेको प्रारम्भिक अध्ययनमा त्यस्तो अवस्था रहेको जानकारी दिएको हो ।
कम प्रभावित ३९ जिल्लामा ८० लाख र अत्यन्त प्रभावित ११ बढी जिल्लामा २० लाख जनता प्रभावित भएको जनाएको छ । यति धेरै नेपाली प्रभावित भएकोमा दुख ब्यक्त गर्दै उनीहरुको जीवनस्तरलाई तत्काल साधारण अवस्थामा ल्याउनको लागि राष्ट्रसंघले राष्ट्रसंघिय राहात कोषबाटे तत्कालकालागि १५ मिलियन अमेरिकी डलर (एक अरब ५० करोड) रुपैयाँ छुट्याएको छ । सरकारसंगको समन्वयमा यस्ता रकमहरु अत्यावश्यक स्थानमा खर्चने पनि उनले बताए ।
नेपालका लागि राष्ट्रसंघको आवासिय संयोजक जेमीमेक गोल्डरिकले सञ्चारकर्मीहरुलाई राष्ट्रसंघिय कार्यालयमा नै बोलाएर यस्तो जानकारी दिएका हुन् । उनले यस्तो घटना प्रति गहिरो दुख ब्यक्त गर्दै सबै प्रभावित क्षेत्रमा राष्ट्रसंले आफ्नो तर्फबाट सरकारको समन्वयमा काम गर्ने पनि बताए ।
उनले आफू धुलिखेल पुगेको र त्यहाको अवस्था हेर्दा निकै दर्दानक पाएको बताए । उनले नेपालमा भुकम्प आउछ भन्ने जानकारी सबैलाई भएको तर यस्तो विनासकारी हुन्छ भन्नेमा कसैलाई पनि थाहा नभएको बताए । उनले संयुक्त राष्ट्रसंघको प्रणाली र सरकरको समन्वयमा मृत्यु भएको र घाइतको अवस्थाको बारेमा समेत जानकारी लिइरहेको बताएको छ ।
राष्ट्रसंघले नेपालको वर्तमान प्राथमिकता भनेको उनीहरुलाई उद्धार गर्नु र घाइतको उपचार गर्नु नै हो । घर विहिन भएकाहरुलाई तत्काल राहात नै पछिल्लो प्राथमिकता हो । यसमा पनि खास गरि पानी, बस्ने स्थानको ब्यवस्था, सुरक्षा र खानामा बढिजोड दिनुपर्नेमा पनि उनले जानकारी दिए । उनका अनुसार १४ लाख नेपाली खाद्य अभावमा रहेका छन् ।







