उनको चारवर्षे कार्यकाल सेप्टेम्बरमै पूरा भए पनि कोरोना महामारी र राजदुताबास प्रमुखविहीन नबनाउने नेपाल सरकारको नीतिका कारण नेपाल फर्कन ढिलाइ भएको थियो ।कोभिड महामारीका कारण उनको बेलायत बसाइ केहि समय लम्बियोको र उनको ठाउँमा आउने नयाँ राजदूत नियुक्तिको प्रक्रियाले समय लिएको हो ।
बेलायतका लागि नयाँ राजदुतका रुपमा लोकदर्शन रेग्मी नियुक्त भइसकेका छन् र फागुनको दोस्रो साताभित्र बेलायत आइपुग्ने बताइएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले यही माघ ५ गते रेग्मीलाई राजदूतमा नियुक्त गरेकी थिइन् ।
सन् २०१६ को सेप्टेम्बर महिनामा बेलायतका लागि बीसौँ नेपाली राजदुतका रुपमा लन्डन दूतावास आएका सुवेदीले यस अवधिमा धेरै उल्लेख्य काम गरेका छन् । बेलायतमा राजदूतको रुपमा चार बर्षसम्म डा. सुवेदीले गरेको कामलाई नेपाली समूदायले प्रशंसा गरेका छन् । यसैविच राजदूतावासले एक बिज्ञप्ती जारी गर्दै राजदूत डा. सुवेदीलाई धन्यवाद दिदै सुखद यात्राको शुभकामना व्यक्त गरेको छ । 
उप-नियोग प्रमुख/काउन्सेलर रोशन खनालद्वारा जारी बिज्ञप्तीमा भनिएको छ,- ‘संयुक्त अधिराज्य, आयरल्याण्ड तथा माल्टाका लागि नेपाली राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीज्यू आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश प्रस्थान गर्दै हुनुहुन्छ। हामी उहाँको सुखद यात्राको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछौं। महामहिम डा. सुवेदीलाई नेपाल सरकारबाट महत्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ भन्ने शुभकामना समेत व्यक्त गर्दछौं। हामी उहाँ र उहाँको धर्मपत्नी श्रीमती पुनम सुवेदीज्यूको सुख, सु-स्वास्थ्य, समृद्धि, उज्जवल भविष्य एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।’
यसैगरी स्वदेश फर्कदै गर्दा डा. सुवेदीले एक सन्देश जारी गर्दै आफूलाई आज सम्म काम गर्न साथ दिने सबैमा धन्यवाद दिएका छन् ।
नेपाल – बेलायत,माल्टा र आयरल्यान्डवीचको सम्बन्ध अझै प्रगाढ हुने उनले विश्वास व्यक्त गरेका छन् ।
हेरौ बिज्ञप्ती ।






