‘घाटा भो धन्दामा’ सार्वजनिक, निरु र अनुको उत्कृष्ट अभिनय, (भिडियोसहित)

काठमाडौँ । पछिल्लो समय कलाक्षेत्रमा सक्रिय हुँदै आएका कलाकार, नृत्य निर्देशक, अमरकृष्ण चन्द ‘अकृच’ले नयाँ लोक तेहरी एल्वम ‘घाटा भो धन्दामा सार्वजनिक गरेका छन् ।

आजभन्दा ६ बर्ष अघि तयार गरिएको उक्त तेहरी गीत हालमात्रै सिमली मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


समाजमा घट्ने तीतो यथार्थलाई जस्ताको तस्तै चित्रण गरेर उक्त गीत सार्वजनिक गरिएको निर्माताले बताएका छन् ।

दुइटी श्रीमति ल्याउँदा भोग्नु पर्ने पीडालाई गीतमा समेटिएको छ । दुइटा नाम्लो एउटै थाप्लोमा बोक्न खोज्दा आइपर्ने व्यवहारिक समस्यालाई गीतको भिडियोमा सचित्र उतारिएको छ ।

लामो समयदेखि रंगपत्रकारितामा समेत कलम चलाउँदै आएका कलाकार, निर्देशक चन्दले बजारमा ल्याएको उक्त गीतमा चन्द सँगै चर्चित हाँस्य कलाकार ठ्याँस कुमारी तथा निर्मली भनेर चिनिने निरु खड्का र तामाङ चलचित्रका नायिका अनु लामाले अभिनय गरेका छन् ।

लामो समयदेखि अष्ट्रेलियामा सञ्चार क्षेत्रमा काम गर्दै आएकी अनु लामा लण्डन नेपाल न्यूजमा आवद्ध छिन् । सुमन वाग्लले छायांकन गरेको उक्त भिडियोको सम्पादन तथा कलरिङ सुवास देवकोटाले गरेका छन् ।
गौरी शंकर साँस्कृतिक समूह खावा पाँचखालले निर्माण गरेको भिडियोमा धुलिखेल अनि पाँचखाल खावाको रमणीय दृश्यलाई समेटिएको छ ।

कमल दाहालले निर्देशन गरेको उक्त म्याूजिक भिडियोमा दाहालकै लय तथा शब्द रहेको छ भने गायिका जितु लोप्चन, कुमारी लामा र कमल दाहालको स्वर रहेको छ ।

सूर्यकिरण लामाले संगीत गरेको उक्त मौलिक लोक गीतको जगेर्ना गर्ने गरी निर्माण गरिएको गौरीशंकर साँस्कृतिक समूहका अध्यक्ष सुमित लामाले बताए ।

हेरौ भिडियो ।