लण्डन । कोरोनाभाइरसलाई एक हल्ला मात्रै भनी दावी गर्ने बेलायतका एक व्यक्तिको कोरोनाकै कारण मृत्यु भएको छ ।
स्रोसफायर निवासी गेरी म्याटहेजको कोरोनाभाइरस पोजेटिभ देखिएको अर्काे दिन नै मृत्यु भएको हो ।
उनले सामाजिक सञ्जालमा कोरोनाभाइरस भनेको ‘केही पनि होइन’, ‘यो एक हावादारी हल्ला मात्रै हो’ भन्ने किसीमका गलत सूचना प्रवाह गर्ने गर्दथे । त्यतिमात्र नभएर मास्क पनि प्रयोग नगर्ने र सामाजिक दूरी समेत पालना नगर्ने गरेको पाइएको थियो ।
बेलायती पत्रिका द मेट्रोका अनु्सार ४६ बर्षीय ती व्यक्तिको जनवरी १३ मा मृत्यु भएको हो । उनी एक हप्तादेखि बिरामी थिए । मृत्यु भएको अघिल्लो दिन उनको परिक्षण गर्दा कोभिड देखिएको थियो ।
उनको पारिवारिक स्रोतका अनुसार कोभिडलाई भ्रम मात्र हो भन्दै उनले अरु व्यक्तिलाई पनि भ्रममा नपर्ने आग्रह गर्दै आएका थिए । उनको परिवारले पनि कोरोनालाई सामान्य नठान्न आग्रह गरेको छ ।
मृतक गेरी अत्यन्तै चलाख आर्टिस्ट हुन् । उनले बनाएका स्केचहरुले राम्रो सम्मान पाउने गरेका थिए ।
Photo- The metro






