लण्डन । बेलायतस्थित नेपालीको प्रभावशाली सँस्थामध्ये एक तमुधिं यूकेको अध्यक्षमा हित काजी गुरुङ निर्विरोध भएका छन् ।कोभिड महामारी कारण भर्चुअल रुपमै उनलाई अध्यक्षमा सर्वसम्मतिले चुनेकाे हाे ।
यसैगरी तीन जना उपाध्यक्षमा हरि गुरुङ, जुमकाजी गुरुङ र तुलाराम गुरुङ र महासचिवमा परशुराम गुरुङ कोषाध्यक्षमा कमल कोने गुरुङ लागायत २९ जनाको कार्यसमिति सबै पद निर्विरोध चयन भएकाे तमुधिं यूके सल्लाहकार डेबिड गुरुङले लन्डन नेपाल न्युज लाइ बताए।
अध्यक्षमा निर्विरोध भएका हित काजी गुरुङ पर्बतको दुर्लुङ्गमा जन्मिएका पर्बत वेलफेर सोसाइटी युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार एबम अन्तरास्ट्रिय पर्बत समाजको प्रमुख संरक्षक हुन्। यसैगरी संस्थाको उपाध्यक्षमा पर्वतका हरि गुरुङ र जुमकाजी गुरुङ निर्बाचित भएका छन्। दुवै जना पर्बत वेलफेर सोसाइटी युकेका सल्लाहकार हुन्।
११ औं महाधिवेशनका लागि दिइएको समयअवधि १३ डिसेम्बर १० बजेसम्म नामावलीमाथि दाबी विरोध गर्ने समय सम्म कसैले पनि तोकिएको समयसीमामा दाबी विरोधसमेत नपरे पछि २९ जनाकै कार्यसमिति निर्विरोध भएको हो ।तर निर्वाचन समितिले यसको औपचारिक घोषणा २० डिसेम्बर अधिवेशनको दिनमा गर्ने जनाएको छ । नयाँ समितिको कार्यकाल दुई वर्षको हुनेछ ।






