वैज्ञानिकहरूका अनुसार पृत्वीमा मानव उत्पतिका लागी महिला नै प्रमुख जिम्मेदार हुन्छ । महिलाको सौन्दर्य, माधुर्य र अद्भुत हुन्छ, यही कारणले विश्वमा जतिपनि साहित्यहरू लेखिएका छन् । ती धेरै महिलाको सुन्दरतामा आधारित भएर लेखिएको छ ।
यति मात्र नभई हिन्दु संस्कृतिमा महिलालाई देवी र प्रमुख शक्ति मानिन्छ । धर्मग्रन्थहरूलाई हेर्ने हो भने पुरानो बालबालिकाको नाम आमाको नामबाट निर्धारण गर्ने गरिन्थ्यो ।
यीनै महिलाहरूका विषयमा धेरै तथ्यहरू हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ । महिलाका केही यस्ता गोप्य बानीहरू छन् जुन स्वंय महिलालाई समेत थाहा नहुन सक्छ । केही यस्ता गोप्य बानीहरू के के हुन् त थाहा पाऔ‘
– महिला र पुरूषले बोल्ने शब्दहरूका सम्बन्धमा के तथ्य फेला परेको छ भने पुरूषहरूले करिब औसत १३ हजार शब्द बोल्दा महिलाहरूले करिब २० हजार शब्द बोल्ने गर्छन् ।
– विश्वका प्राय सबै धनी महिलासँग भएको पैसा आफ्नै बलबुताले कमाएको नभई उनीहरूका पति या पिताका कारण भएको बताइन्छ ।
– केही अपवाद छाडेर कुनै पनि महिलाले आफूभित्र कुनै पनि गोप्य कुरा राख्न सक्दिनन् । उनीहरुले आफ्नो मनमा यसरी कुरा राख्ने भनेको मात्र ४७ घन्टा १५ मिनेट मात्र हो । त्यसपछी उनीहरूको मनको कुरा ज्वालामुखी फुटेसरी विस्फोट हन्छ ।
– महिलाहरूलाई भर्खर जन्मिएको सन्तानको हासोले निकै उत्तेजित बनाउने गर्छ । यो उत्तेजना ड्रग्सको शिकार भएका व्यक्ति तड्पिने भन्दा पनि बढी हुने शोधकर्ताहरूले बताएका छन् ।
– महिलालाई पुरूष खेलाडीहरूको पसिनाको गन्ध निकै मन पर्छ । यो कुरा प्राचिन रोमको पनि हो, त्यहाँ महिलाहरू लडाकुहरूको पसिनाले आफ्नो अनुहार राम्रो बनाउने गर्थे ।
– बेलायतका प्राय महिलाहरूसँग १९ जोर जुत्ता चप्पल हुने गर्छ र यसमा उनीहरूले मात्र ७ जोर प्रयोग गर्ने गर्छन्, जुन उनीहरूलाई राम्रो लाग्छ ।
– विश्वका धेरै देशमा विवाह भन्दा पहिलेको सेक्सलाई नैतिक रूपमा प्रतिबन्ध गरिएको हुन्छ र विवाह पूर्व महिलाहरू गर्भवती हुनुलाई राम्रो मानिदैन तर, अमेरिकाका ४० प्रतिशत महिलाहरू विवाह पूर्व नै गर्भवति हुन्छन् ।
– महिलाहरूले कुनै सामान लिनु पर्यो भने निकै छनोट गर्ने गर्छन् । एक सोधका अनुसार महिलाले आफ्नो जीवनको एक वर्ष त कुन कपडा या कन जुत्ता चप्पल लगाउने भनेर सोच्दैमा बिताउँछन् ।
– एक वर्षमा महिलाहरू औसतमा ३० देखी ६४ पटक रूने गर्छन् भने पुरूषहरू एक वर्षमा मात्र ६ देखी १७ पटक रूने गर्छन् ।
– महिलाहरू पुरूषहरूभन्दा कम झुठो बोल्ने गर्छन् । महिलाहरू दैनिक २ पटक झुठो बोल्छन् भने पुरूषहरू ६ पटक झुठो बोल्छन् ।
– विश्वमा प्रति ९० सेकेण्डमा एक महिलाको गर्भावस्था तथा सन्तान जन्माउने क्रममा मृत्यु हुने गर्छ ।
– विश्वकी सबैभन्दा कम उमेरमा पारपाचुके गर्ने महिला मात्र १० वर्षकी छिन् ।






