आम्मामा ! किम्बुका यति धेरै फाइदा ?

किम्बुका फाइदा

शीतलता दिन्छ : गर्मीमा किम्बुको रसमा चिनी मिलाई पिउनाले शरीर ठन्डा हुन्छ ।

आँखा तेजिलो बनाउँछ : किम्बुमा भिटामिन एलगायत हुने भएकाले यो खानाले आँखा तेजिलो बन्छ ।

पेटमा परेका किरा मार्छ : किम्बुमा भिटामिन ए, क्याल्सियम, फसफोरस र पोटासियम अधिक मात्रामा पाइन्छ । यसले पेटमा भएका किरा मार्छ ।

थकान हटाउँछ : कडा शारीरिक श्रम गर्नुपरेको छ अथवा लामो यात्रा गर्नुपरेको छ भने किम्बु खानुहोस्, यसले थकान हटाउने र शरीरलाई तत्काल ऊर्जा दिने काम गर्छ ।

कोलेस्ट्रोल घटाउँछ : बिहान–बिहान किम्बु खानाले शरीरमा कोलेस्ट्रोलको लेभल सन्तुलनमा रहने र हृदयसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ।

रगत सफा गर्छ : किम्बु खानाले रगत शुद्ध हुने र रगतसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ।

सुन्निएको ठाउँमा राहत मिल्छ : शरीरको कुनै ठाउँ सुन्निएको छ भने किम्बुको रस र महको लेप बनाई लगाउनाले राहत मिल्छ ।

पोलाइ कम गर्छ : आगोले पोलेको ठाउँमा किम्बुको रस लगाउनाले फाइदा गर्छ ।

चिनीको मात्रा सन्तुलनमा राख्छ : डायबेटिज बढ्ने समस्या भएका मानिसले पाकेको किम्बु चपाएर खानाले शरीरमा चिनीको मात्रा सन्तुलनमा रहन्छ ।