काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अब हुने १४ औं महाधिवेशनमा आफूले सभापति लड्ने बताएकी छन् ।
जिपी कोइराला फाउन्डेसन अमेरिकाले गरेको भर्चुअल संवादमा उनले अहिलेको नेतृत्व परिवर्तन गर्नका लागि आफू सभापति लड्ने बताइन् ।
अहिलेको नेतृत्वले काम गर्न नसकेको भन्दै उनले घुमाउँरो भाषामा सभापति शेरबहादुर देउवाको आलोचना गरेकी छन्
। विकास निर्माणको योजना, सोच र दृष्टिकोण केही छैन,’ उनले भनिन्, यसरी पार्टी चल्छ? प्रतिपक्ष हुँदा पनि काम गर्ने हो। सुतेर बस्ने होइन।’
पार्टीमा यस्ता प्रवृत्ति देखेरै परिवर्तन ल्याउन आफू सभापतिमा उठ्न लागेको कोइरालाले बताइन् ।






