बेलायतका यात्रुलाई चिन प्रवेशमा प्रतिबन्ध

एजेन्सी । चीन सरकारले बेलायत सहितका देशहरुबाट आफ्नो देशमा आउन प्रतिबन्ध लगाएको छ । बेलायत सँगै भारत, बेल्जियम, फिलिपिन्सका यात्रुलाई आफ्नो देशमा प्रवेशका लागि ‘अल्पकालिन’ रुपमा प्रतिबन्ध गर्ने बताएको छ ।

कोरोना संक्रमण बढेको कारण ती देशबाट आफ्नो देशमा आउन अनुमति बन्द गरेको सिएनएनले जनाएको छ ।
‘महामारीका कारण व्यवसायिक काम, व्यक्तिगत काम र बस्न पाउने अनुमति भएका बेल्जियमका मानिसलाई अल्पकालिनरुपमा चीन प्रवेश गर्न रोक लगाइएको छ,’ बेल्जियमस्थित चिनियाँ दूतावासले बुधबार एक वक्तव्यमार्फत जानकारी दिएको छ ।

यस्तै घोषणा बेलायत, भारत र फिलिपिन्समा रहेका चिनियाँ दूतावासले गरेको थियो । यो प्रतिबन्ध ती देशका सबै गैरचिनियाँ नागरिकमा लागू हुने बताइएको छ ।

चिनियाँ विदेश मन्त्रालयले महामारीका कारण यो अल्पकालिन उपाय अंगिकार गरेको दोहोर्याएको छ ।