लण्डन। एक दशक देखी लण्डनमा बस्दै आएकी गायिका निरुशा भट्टराईको आफ्नो पहिलो गीत “छलक छलक छल्क्यो माया” नामक बोल रहेको गीत बिहिबार सार्वजनिक गरेकी छन्।
गायिकाका रुपमा भर्खरै बजार देखिए पनि उनको संगित प्रतिको जगाब भने लामो समयको छ। भजन र अन्य गीतमा समेत पोख्त भट्टराईले रेकर्ड गरेका गीत बाहिर ल्याउन समय अनुकुल नभए पनि नियमित रियाज र गीत प्रति नै समर्पित थिईन। 
यो गीत केवल गीत मात्र नभएर समाजले प्रेम प्रति देखाउने रुपको पनि चित्रण गरेको छ।
एउटा पटकथा जस्तै लाग्ने ८ मिनेटको म्यूजिक भिडियोमा निरुशा र गायक शिव परियारको आवाज रहेको ‘छलक छलक छल्क्यो माया’ बोलको गीतमा चर्चित कलाकारहरू पल शाह,बर्षा राउत र शिशिर भण्डारीले अभिनय गरेका छन्।
नयाँ नयाँ न्युज नेपाल नामक युटुब च्यानल मार्फत आएको फरक शैलीको गीतलाई अधिकाशँले रुचाएका छन् भने युटुबमा सिङगो टीमलाई मन पराएका छन्। संगितकार अष्ट्रिलिया,गायक नेपालमा र आँफु लण्डनमा रहेको हुँदा सबै समायोजन गर्न कठिन भए पनि गीत दर्शक स्रोताले मन पराउने उनको विश्वास छ।
चलचित्रमा रुचाईएका कलाकारहरू र गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक र नेपाल बस्दा उद्योषण क्षेत्रमा आफ्नो परिचय बनाएकी गायिक सहितको यो समूहलाई के कति रूचाउँछन् अबका केहि दिनमा थाहा लाग्ने छ।
बेलायतमा स्थित स्याङ्जा समाज यूकेका बरिस्ठ सल्लाहकार तथा तमु धि युकेका सल्लाहकार बरिस्ठ समाजसेबी डेबिड गुरुङ भन्छन्, ‘विदेशमा यस्ता सिर्जनात्मक काम भइरहने हो भने नेपाली पहिचान अझै माथि पुग्नेछ ।’ यसलाई उनले नेपालीले ‘गर्व गर्नलायक काम’ भनेका छन्






