काठमाडौँ । पिसाब पोल्ने समस्या धेरैलाई हुन्छ र यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ । कहिलेकाहीँ यो समस्या केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँ सम्म रहन्छ । यो समस्या महिला र पुरुष दुबैमा उत्तिकै मात्रामा पाइन्छ । पिसाब पोल्नुका कारण विभिन्न हुनसक्छन्, कतिपय मानिसलाई यस्ता कारणबारे पत्तो नै हुँदैन । कलेजोमा समस्या, अल्सर, प्रेग्नेन्सीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, शुक्राणु तथा विर्यकोषको संक्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थी बढ्नु, मधुमेह, कुपोषण तथा मूत्रनली खुम्चिनु, मुत्रनलीको संक्रमण, मृगौलामा पत्थरी, शरीरमा पानीको कमी आदिले यस्तो समस्या देखिन सक्छ ।
पिसाब पोल्ने समस्या प्रायजसो सबै उमेर समूहकालाई हुन्छ। यो समस्या कहिले दुई चार दिनमा ठिक हुन्छ भने कहिलेकाही लामो समयसम्म लम्बिन सक्छ। कतिपयले यो समस्यालाई साधारणरुपमा लिने गरेको पाइए पनि समस्य बल्झिदै गयो भने यसले विकरालको रुप लिनसक्छ। त्यसैले यदि पिसाब पोल्ने समस्या छ भने समयमै जाँच गर्नु वुद्धिमानी हुन्छ।
गर्मी याममा धेरैले भोगेका हुनसक्छन्, पिसाब पोल्ने वा दुख्ने समस्या । पुरुष या महिला दुबैमा यस्तो समस्या हुन्छ । वास्तवमा यसलाई हामीले नजरअन्दाज गर्न हुँदैन । किनभने पिसाबको माध्यामबाट शरीरको बिशाक्त पदार्थ बाहिर निस्कने हो । त्यसैले मुत्राशयसँग जोडिएको रोगबारे सर्तक हुनैपर्छ । गर्मीमा शरीरमा पानीको मात्रा कम हुँदा पिसाब पोल्न सक्छ । तर, यो एकमात्र कारण भने होइन । पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले अन्य रोगको पनि संकेत गर्छ । मुत्रनलीको संक्रमण लगायतका थुप्रै कारण हुनसक्छ, पिसाब पोल्ने र पीडा हुने ।
के हुन्छ लक्षण ? – पिसाब पोल्ने समस्या हुँदा विभिन्न लक्षणहरु देखिन्छन । मुत्राशयमा पीडा हुनु, पिसाब दुर्गन्धित हुनु, पिसाबको रंग गाढा पहेंलो हुनु, पिसाब थोरैथोरै आउनु, पटक पटक तर थोरै पिसाब आउनु आदि लक्ष्णहरु द्येखाएको खण्डमा तपाइ सचेत हुन जरुरी छ ।
घरेलु उपचार – सबैप्रथम त यसबारे जानकार भएसँगै चिकित्सक कहाँ जानु नै उत्तम हुन्छ । केही घरेलु विधि पनि अपनाउन सकिन्छ । पर्याप्त पानी पिउनुहोस् । सम्भव भएसम्म हरेक एक घण्टामा पानी पिउनुहोस् । यसले मुत्राशयमा रहेको हानिकारक व्याक्टेरिया पिसाबको माध्यामबाट बाहिर निस्कन्छ । कहिले कहिं मनतातो पानी पिउँदा पनि पिसाबको पीडा कम हुन्छ । थोरै पानी काँचो दुधमा मिसाएर पिउनुपर्छ, आरम हुन्छ । यसका साथै थोरै फिटकिरी पानीमा राखेर पिउन सकिन्छ । यस्तो फल एवं सब्जीको सेवन गर्नुहोस्, जसमा सिट्रिक एसिड अधिक हुन्छ । यसले युरिन इन्फेक्सन गराउने ब्याक्टेरिया नष्ट हुन्छ । राती एक चम्चा धनिया पाउडर एक गिलास पानीमा मिसाएर राख्नुहोस् । बिहान उक्त पानीमा चिनी वा सख्खर मिसाएर पिउनुपर्छ । पिसाब पोल्ने समस्यामा अनारको जुस पनि लाभदायक हुन्छ । सुकुमेल र बदामलाई मिश्रीसँग पिसेवर एक गिलास पानीको साथमा पिउनुपर्छ । चामलको माडमा थोरै चिनी मिसाएर पिउनुपर्छ । पिसाबको जलनबाट राहत पाउनका लागि नरिवलको पानी निकै उपयोगी मानिन्छ ।सरसफाईमा ध्यान दिनुहोस् । दिनमा तीन चार पटक आफ्नो गुप्ताङ्ग धुनुहोस् । यसो गर्दा पनि कम भएन भने तुरुन्तै अस्पताल गैहाल्नुपर्दछ ।






