इजरायल र यूएईबीच ऐतिहासिक शान्ति सम्झौता

इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच इजरायल र यूएईबीच सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौता भएको छ ।

यस सम्बन्धमा राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र आबुधाबीका युवराज मोहम्मद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा ‘यस ऐतिहासिक सफलताबाट खाडी क्षेत्रमा शान्ति बढ्ने’ अपेक्षा गरिएको छ।

सम्झौताअनुसार इजरायलले वेष्ट बैंकको ठूलो हिस्सालाई मिलाउने आफ्नो योजना स्थगित गर्ने छ ।

हालसम्म इजरायलको खाडीका अरब देशहरुसँग कुनै पनि कूटनीतिक सम्बन्ध थिए । यद्यपि खाडी देशबाट अलग अरबका दुई देश जोर्डन र मिस्रसँग भने इजरालयको कूटनीतिक सम्बन्ध छ ।

ट्रम्पले ट्वीट गरेर अमेरिकाको दुई ठूला मित्र इजरायल र यूएईबीच ऐतिहासिक शान्ति सम्झौता भएको भन्दै यसलाई ‘ठूलो सफलता’ भनेका छन्।

ट्रम्पको घोषणालाई कोट ट्वीट गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहूले हिब्रू भाषामा लेखेका छन्, ‘ऐतिहासिक दिन।’

सन् १९४८ मा इजरायल स्वतन्त्र भएपछि यो केवल तेस्रो इजरायल–अरब शान्ति सम्झौता हो । यसअघि पूर्व मिस्रसँग १९७९ मा र जोर्डनसँग १९९४ मा सम्झौता भएको थियो ।

आउँदा दिनहरुमा इजरायल र युएईका प्रतिनिधिहरु वार्तामा बस्नेछन् र लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य, संस्कृति, पर्यावरण र पारस्परिक दूतावासहरु स्थापनाका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने छन् ।

संयुक्त विज्ञप्तिमा लेखिएअनुसार दुवै देश मध्यपूर्वका लागि रणनीतिक एजेण्डा तय गर्न पनि अमेरिकाको साथमा रहने छन् । नेताहरुले भनेका छन्– यस क्षेत्रमा खतरा र अवसरलाई लिएर हाम्रो दृष्टिकोण समान छ । साथै कूटनीतिक सम्बन्ध, आर्थिक एकीकरण र सुरक्षाका माध्यमबाट स्थिरता बढाउन साझा प्रतिबद्धता जनाउँछौं ।