आइपीएलमा सन्दिप ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) का पहिलो नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

गएराति भएको खेलमा उनको उत्कृष्ट प्रदर्शनले दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किङ्सविरुद्ध जित हात पारेको छ ।

सन्दिपले खेलमा ‘स्टाइलिस प्लेयर अफ द म्याच’ भएर १ लाख भारतीय रुपैयाँ पाएका छन् ।

नेपाली युवा क्रिकेटर लामिछानेले आफ्नो ४ ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिएका थिए ।

दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५ दशमलव २५ इकोनोमीमा बलिङ गरेका हुन् ।