इङ्ल्याण्डमा लकडाउन खुकुलो भएसँगै कुन सेवा खुल्छन्, कुन सेवा खुल्दैनन् ?

लण्डन। बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई न्यूनीकरण गर्न सरकारद्वारा गत मार्च २३ तारिखबाट जारी गरेको लकडाउनलाई जुलाइ ४ तारिखबाट केहि खुकुलो पार्ने निणय गरिएको छ ।

यसै बीच कोरोना भाइरसका कारण इ‌ंग्ल्याण्डमा बन्द भएका धेरै व्यवसायहरु आज देखि खुल्दैछन्।तर सरकारले खोल्न अनुमति दिएका पेशा, व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा कोभिड १९ बाट सुरक्षित रहने उपायहरु-स्वास्थ सुरक्षा मापदण्ड अपनाउन पर्नेछ।

सरकारका अनुसार शनिबारदेखि निम्न व्यवसायलाई खोल्न अनुमति दिइएको छ।

यी क्षेत्र खुल्छन् :

  • होटल, होस्टल, बेड एण्ड ब्रेकफाष्ट, होलिडे अपार्टमेन्ट र घर, क्यापिङ साइटहरु, क्याराभान पार्कहरु र बोर्डिङ घरहरु
  • प्रार्थना गर्ने ठाउँहरु
  • पुस्तकालयहरु
  • सामुदायिक केन्द्रहरु
  • रेष्टुरेन्ट, क्याफे, कार्यस्थलका क्यान्टिनहरु, बारहरु, पबहरु
  • हेयर सैलुनहरु, बार्बर सपहरु, कपाल काट्ने घुम्ती पसलहरु
  • चलचित्र घरहरु
  • थियटरहरु, कन्सर्ट हलहरु
  • थिम पार्कहरु, साहसिक कार्यका लागि खोलिएका उद्यानहरु
  • बाह्य जिमखाना र खेल मैदानहरु
  • संग्रहालय र अभिलेखालयहरु
  • बिंगो हलहरु
  • बाह्य स्केटिङ रिन्कहरु
  • मनोरन्जन केन्द्रहरु
  • नमूना ग्रामहरु
  • सोसल क्लवहरु
  • आक्वारिम, चिडियाखाना, सफारी पार्कहरु, वन्यजन्तु केन्द्रहरु
  • पुरात्वात्विक स्थानहरु, बगैँचाहरु, फिल्म स्टूडियोहरु
  • यी क्षेत्र खुल्दैनन् :
  •  नाइट क्लवहरु
  • क्यासिनोहरु
  • बलिङ र इन्डोर स्केटिङ रिन्कहरु
  • इन्डोर खेल स्थलहरु
  • स्पाहरु
  • नेल बारहरु, ब्यूटी सैलुनहरु, ट्यानिङ सैलुनहरु
  • मसाज, ट्याटु र पिअर्सिङ पार्लरहरु
  • इन्डोर व्यायाम शालाहरु, नृत्य केन्द्रहरु, जीमखाना
  • पौडी पोखरीहरु, जलक्रिडास्थलहरु
  • प्रदर्शनी केन्द्रहरु, सभा हलहरु