रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीले नेपाली वेलफेयर सोसाइटको संयोजनमा रुकुममा बाढ्यो राहत

शिब भण्डारी

लण्डन । नेपाली वेलफेयर सोसाईटी युके (न्युज-युके) को आयोजना तथा ग्रीनवीच नेपाली सोसाइटी (Royal Borough of Greenwich Nepalese Society (आरजीएनएस)को सहकार्यमा रुकुममा राहत वितरण गरिएको छ।

बेलायत स्थित रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीले नेपाली वेलफेयर सोसाइटको संयोजनमा रुकुमको सानोभेरी गाउँपालिका वडा नं. ३ मा राहत वितरण गरिएको हो।सानोभेरी गाउँपालिकाको वडा नं. ३ मा रहेका विपन्न ४० घरधुरीलाई एक महिना पुग्ने चामल, दाल, तेल, नुनलगायत मरमसला उपलब्ध गराइएको थियो ।

कार्यक्रम रुकुम जिल्लाबाट प्रतिनिधित्व गर्ने रास्ट्रियसभाका माननीय साम्सद थगेन्द्र प्रसाद पुरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यकममा बोल्दै नेपालमा कोरोना भाइरसका संक्रमित दिनादिन बढ्दै गएको छ । १७–१८ जनाको मृत्यु भइसकेको छ । बेलायतमा बसोबास गर्ने नेपाली दाजुभाइले हामीलाई सम्झेर सहयोग गर्नुभयो, त्यसका लागि सहयोगी दाताहरुलाई धन्यवाद दिन चाहन्छु । रुकुम पश्चिमलाई सम्झेर जुन राहत उपलब्ध गराउनु भएको छ, रोयल बरोओ अफ ग्रीनविन सोसाइटी यूके र कार्यक्रमको संयोजक गर्ने नेपाली वेलफेयर सोसाइटी यूकेलाई धन्यवाद दिन चाहन्छु माननीय साम्सद पुरीले भने।

गैरआवासीय नेपाली संघ एनआरएन यूके सचिव एबम ग्रीनवीच नेपाली सोसाइटीका उपाध्यक्ष जीत रानाभाटले जुम कन्फ्रेन्स मार्फत सञ्चालन गरेको कार्यक्रममा सोसाइटीकी अध्यक्ष शर्मिला हिराचन थकालीको अध्यक्षतामा सम्पन्न भएको हो।

आरजिएनएसका ४६ जना सदस्यहरुबाट सहयोग संकलन गरिएको रकम सही ठाउँमा जाओस भन्नका लागि ब्रिटिस र नेपाली सांसदलाई साक्षी राखेर राहत वितरण गरिएको उपाध्यक्ष जीत रानाभाटले बताए ।

बिशेस अतिथि ब्रिटिश सांसद अविना ओपोंग असारेले कार्यक्रमलाई सम्बोधन गर्दै (आरजीएनएस)ले ब्रिटिश समाज र नेपाली समुदायल माझ गरिरहेको कार्यको प्रसंशा गर्दै आफु आगामी दिनमा सहकार्य गर्न तत्पर रहेको बताइन।कोभिड–१९ बाट विचलित नभइ आफू जन्मेको देशलाई राहत वितरण गर्ने कार्यक्रममा आफूलाई सहभागी गराउँदा खुशी लागेको बताइन ।

बाँचौ र बचाऊँ अभियान कार्यक्रम आयोजक तथा नेपाली वेलफेयर सोसाईटी युके अध्यक्ष एबम एनआरएन युके कार्यसमितिका सदस्य समेत रहेका सार्कीले वेलफेयर सोसाइटी यूकेको आयोजनामा ग्रीनवीच बरोको सहकार्यमा नवौं राहत वितरण गर्न पाउँदा सार्कीले ग्रीनवीच रोयल बरो संस्थाका कार्यसमिति सबैलाई धन्यवाद दिए । उनले अरु संस्थालाई पनि मिलेर काम गर्न अनुरोध गरे । उनले यो राहत वितरण नवौं चरण भएको र अहिलेसम्म २७२ घर परिवारलाई राहत उपलब्ध गराएको जानकारी दिए ।

कार्यक्रममा नेपाल बाट बिशेषअतिथि कार्यकारी निर्देशक नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समिति का डा. बुद्धि नेपालीको महत्य पूर्ण भूमिका रहेको थियो यसै गरी सानोभेरी गाउँपालिका बिर्ख बहादुर बिस्ट वडा अध्यक्ष, सानोभेरी गाउँपालिका वडा न.३, लगायतको उपस्थिति रहेको थियो।

महासचिब मञ्जु भण्डारीले हाम्रो सानो सहयोगले कसैको मुहार किन उज्यालो नपार्ने भन्ने अभियानमा हाम्रो संस्थाले सहयोग गरेको अवगत गराउदै स्वागत मन्तब्य बाट सुरु भएको उक्त कार्यक्रममा उपाध्यक्ष योगेस गुरुङ उपाध्यक्ष लीलादेवी गुरुङ,सस्थाका पूर्व अध्यक्ष्य हरि गोबिन्द गुरुङ प्रमुख सल्लाहकार मोहन गुरुङ, सल्लाहकारहरु श्याम सेरचन,दिपक श्रेष्ठ ह्यारी गुरुङ तथा तमु समाज युकेका अध्यक्ष शिब चन्द्र गुरुङ को समेत उपस्थिति रहेको थियो।