बेलायतमा कोरानाबाट निधन हुनेको संख्या २९ हजार नाघ्यो,

लन्डन । बेलायतमा कोराना भाइरस (कोभिड १९) संक्रमणबाट निधन हुनेहरुको संख्या २९ हजार ४२७ पुगेको छ । बेलायती प्रधानमन्त्री कार्यालयको नियमित पत्रकार सम्मेलनमा विदेशमन्त्री डोमेनिक राबले मंगलबार सम्ममा कोरोनाबाट २९,४२७ जनाको निधन भएको जानकारी दिएका हुन् ।

मंगलबार सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ लाई सम्बोधन गर्दै बेलायत सरकारका परराष्ट्रमन्त्री डोमिनिक राबले कोरोना संक्रमणबाट यति ठूलो संख्यामा मानिसहरुको मृत्यु हुनु देशको लागि .”ठूलो विपद्‌” भएको बताएका छन् ।

बेलायतमा कोराना बाट निधन हुनेको संख्या युरोपकै उच्च हो ।यसअघि युरोपमा सबैभन्दा उच्च सङ्ख्या इटलीमा थियो जहाँ पछिल्लो तथ्याङ्क अनुसार कोरोनाभाइरसबाट २९,३१५ जनाको मृत्यु भएको छ।

संसारमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३ सय नाघेको छ भने संक्रमित ३७ लाख २८ हजार कटेको छ । १२ लाख ४२ हजार मानिस भने उपचारपछि घर फर्किएका छन् ।