स्पेनको स्वास्थ्य मन्त्रालयले आइतवार घोषणा गरे अनुसार पछिल्लो २४ घण्टामा कोविड १९ बाट ८३८ व्यक्तिको मृत्यु भएको छ । यो स्पेनको लागि अहिले सम्मकै उच्च ज्यान गुमाउनेको सङ्ख्या हो । संक्रमित व्यक्तिहरूको संख्या ७८७९७ पुगेको छ ।
कोभिड १९ बाट सबैभन्दा प्रभाबित भएको क्षेत्र म्याड्रिड हो । जहाँ २२६७७ संक्रमित छन् र ३०८२ जनाले ज्यान गुमाएका छन् ।






