अष्ट्रेलिया । सडक दुर्घटनामा परी चितवन घर भई अष्ट्रेलिया न्यूसाउथवेल्स राज्यको ओलंगनमा बसोबास गर्दै आएका सुजन दाहालको बिहीबार अपरान्ह ५ः३० बजे मृत्यु भएको छ ।
विगत ५ वर्षभन्दा बढीदेखि उनी अष्ट्रेलियामा बस्दै आइरहेका छन् । उनी श्रीमती र छाेरी बस्दै अएकाे डब्बोको टारीमा रहेको घर फर्किने क्रममा प्रिन्सेस हाईवेमा रोकिराखेको लामो मालवाहक ट्रकमा उनको कार ठोक्किन पुगेको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकका चालक भने घाइते भएका छन् ।






