एनआरएनएमा अबको नेतृत्व बेलायतलाई : उपाध्यक्ष आचार्य

लन्डन । गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष तथा आगामी अधिवेशनमा केन्द्रीय अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले अबको नेतृत्व बेलायतलाई दिनुपर्ने बताएका छन् । एनआरएन युकेको नवौं अधिवेशनलाई शनिवार सम्बोधन गर्दै आचार्यले युकेबाटै आफ़ुले एनआरएन अभियानमा यात्रा शुरु गरेको स्मरण गरे।

“यदी मैले संस्थाको लागि निष्ठापूर्वक काम गरेको छु भने मूल्यांकन गर्ने बेला आएको छ,” उनले भने । उनले अर्का उम्मेदबार कुमार पन्तसंग हांसी खुसी चुनाव लड्ने, जित्नेलाई सहयोग गर्ने र दोश्रो स्थानमा आउने लाई सम्मान गर्ने सहमति भएको खुलासा पनि गरे।

कार्यक्रममा संघका पूर्व अध्यक्ष डा शेष घले, बेलायतका लागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदी, केन्द्रिय उपाध्यक्ष कुमार पन्त लगायतका वक्ताले एनआरएन युकेले विगतमा गरेका कामहरुको प्रशंशा गर्दै एनआरएन अभियानलाई अरु बलियो बनाउन सुझाव दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *