लन्डन । गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लन्डनमा सम्मानित भएका छन् । मुख्यमन्त्री गुरुङ दुई बेग्लाबेग्लै कार्यक्रममा सम्मानित भएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके र प्रवासी नेपाली एकता मञ्च यूकेले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङलाई सम्मान गरिएको हो ।
तमुधि यूकेले आयोजना गरेको नेपाली मेलाको उद्घाटन गर्न बेलायत पुगेका मुख्यमन्त्री गुरुङलाई फान्वोरोस्थित गोरखा प्यालेसमा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष शेरबहादुर सुनार, पुनम गुरुङलगायत संरक्षक डम्मर घले, सूर्य गुरुङ, तमुधि यूके संस्थापक अध्यक्ष मीन गुरुङ, सिकलेस तमुधि यूके अध्यक्ष नन्दजंग गुरुङ, पूर्व प्रहरी उपरीक्षक शिवजी श्रेष्ठ, वाचश्पति रेग्मीलगायतले स्वागत गरेका थिए ।
यता, एकता मञ्च यूकेले चाहिँ मुख्यमन्त्री गुरुङको स्वागतमा दिवा भोजसमेत आयोजना गरेको थियो । कार्यक्रम पूर्व माओवादी निकट जनप्रगतिशील मञ्च यूकेले समेत संयुक्त रुपमा आयोजना गरेको थियो ।
फार्नवरोस्थिति एक रेस्टुरामा आयोजना गरेको कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ता उपस्थित थिए । कार्यक्रममा मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टीको एकताबारे चर्चा गर्दै वामपन्थी आन्दोलनले मुलुकको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले संघीयता वामे सर्दै गएकाले केही ढिला भए पनि नेपाल विकासमा अघि बढेकाले प्रवासमा रहेका नेपालीको थप सहयोग आवश्यक रहेको बताए ।






