अझै टुंगिएन एमालेमा कार्यविभाजन, सूर्य थापाकै चर्चा दिनभर

CPN-UML-1
काठमाडौँ, १२ चैत
नेकपा एमालेले आठमहिनापछि गर्न लागेको कार्यविभाजन अझै टुंगिएको छैन । बिहीबार पनि पदाधिकारीबीच अनौपचारिक छलफल भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको कार्यविभाजन पार्टीको बैठक पुस्तिकामा लेखिएको छैन ।

बिहीबार दिनभर एमालेका नेताहरु छलफलमा अनौपचारिक ढंगले जुटे । एमाले केन्द्रीय सदस्य भएका सूर्य थापालाई आवश्यकता भन्दा बढी पद दिने काममा एमालेका नेताहरु विभाजित भएका छन् । एमाले नेता माधवकुमार नेपालको असन्तुष्टिपछि शुक्रबारसम्मलाई स्थगित भएको बैठकअघि नेताहरु छलफलमा जुटिरहँदा यतिखेर चर्चामा भने केन्द्रीय सदस्य सूर्य थापा रहेका छन् ।

विहीबार अनौपचारिक छलफलमा पनि सचिव तथा पार्टी प्रचारविभाग प्रमुख प्रस्तावित भएका योगेश भट्टराईले भने, ‘काम गर्ने हो, मलाई केही समस्या छैन, तर काम गर्न सक्दैन कि भनेर अर्को सहयोगी राखिएको हो भने पनि केही भन्नु छैन ।’

ishwor-pokhrel-1

थापा पार्टी प्रचार विभाग सचिव थिए । ‘पहिलो पटक केन्द्रीय सदस्य भएका थापालाई पाटी प्रचार विभाग, पर्यटन प्रवद्र्धन विभाग दिइनु र दुईपटक केन्द्रीय सदस्य भएका ठाकुर गैरेलाई कम भूमिका दिइनुको कारण के हो ?’ बिहीबार भएको छलफलमा थापाकै विषयमा यसरी प्रश्न उठेको थियो ।

शुक्रबार बस्ने स्थायी समिति बैठकमा कार्यविभाजन टुंगो लगाउने तयारीअघि बसेको अनौपचारिक छलफलमा सूर्य थापाको भूमिका, उपादेयता र पार्टीमा उनको योगदान कसका भन्दा बढी रहेकाले यसरी उनलाई धेरै माथि पु¥याउने र दुईपटक केन्द्रीय सदस्य भएकालाई पाखा लगाउने काम भयो भनिएपछि महासचिव ईश्वर पोखरेल पनि अप्ठेरोमा परेको एक नेताले बताए । उनले भने, ‘महासचिव किन एक–एक मान्छे टिपेर लोकप्रिय हुन खोजिरहेका छन् भन्नेबारे पनि सोच्नु पर्ने भएको छ ।’

थापाको रहर पर्यटनमै

surya-thapa-1स्रोतका अनुसार, केन्द्रीय सदस्य सूर्य थापा भने पहिलोपटक केन्द्रीय सदस्य भएकाले त्यति धेरै मोहमा फसेका छैनन् । एमालेले पर्यटन विभाग बनाएर भूमिका दिएकाले उनी त्यहीँ बसेर काम गर्नमात्र होइन, केही देखाउन पनि चाहन्छन् । तर उनलाई आवश्यकता भन्दा बढी भूमिका दिएर केही नेताले आफ्नो बनाउन खोज्दा थापा पनि खुश छैनन् । उनी एउटा विभागमा जमेर काम गर्न सकिन्छ भन्नेमै विश्वस्त छन् ।