लण्डन दूतावासमा प्रधानमन्त्री ओलीलाई भेटे, भूपू गोर्खाले- हेर्नुहोस के के भयो (१० तस्बिर सहित) ?

शिब भण्डारी

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती प्रधानमन्त्री टेरेसा मेसंगको वार्तामा गोर्खाको मुद्धा उठाएकोमा भूपू गोर्खाहरु आशावादी बनेका छन् । आफ्नो मागहरुको पक्षमा बेलायती समकक्षीसंग कुरा राखिदिएकोमा उनीहरुले प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री मेसंग गोर्खाहरुको समस्या समाधानको लागि पहल गर्न आग्रह गरेका थिए । गोर्खा भर्तीसम्बन्धी बेलायत , भारत र नेपालबीचका भएको त्रिपक्षीय सन्धीमा पुनरावलोकन हुनुपर्ने धारणा समेत प्रधानमन्त्रीले राखेका थिए ।

बेलायती समकक्षीसंगको भेटवार्ताअघि प्रधानमन्त्री ओलीले लण्डनस्थित नेपाली दूतावासमा भूपू गोर्खाका प्रतिनिधिलाई भेटेका थिए । गेसो, सत्याग्रह संघर्ष समिति र नेसाका प्रतिनिधिसंग प्रधानमन्त्रीले बेलायती प्रधानमन्त्रीसंग गोर्खाको मुद्धा उठाउने आश्वासन दिएका थिए ।

त्यसअवसरमा गोर्खाका तर्फबाट सत्याग्रहका निर्देशक ज्ञानराज राई र गेसो सभापति कृष्णकुमार राईले आफ्ना भनाइहरु राखेका थिए । त्रिपक्षीय प्राविधिक संयन्त्रको सिफारिसअनुसार गोर्खा समस्या समाधानको लागि दुई देशका प्रतिनिधि सम्मिलित वार्ता कमिटी गठनको मागलाई गोर्खाहरुले अहिले महत्वका साथ अघि सारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *