लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको आगामी निर्वाचनमा गायिका, नाट्यकर्मी र समाजसेवी अञ्जु श्रेष्ठले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । एनआरएन यूकेको आउँदो सेप्टेम्बर १४ मा निर्वाचन हुदैछ।

पेशाले डेन्टल नर्स उनी बाल्यकाल देखि नै कसैको दुक्ख देख्न सक्दिन थिइन् र समाज सेवामा लागि परेकी थिइन् । लन्डन आएदेखि उनी समाजिक कार्य गर्दै अरुको दुखमा मलम लगाउन सधै तत्पर छिन । बेलायतमा हुने धेरै च्यारिटी शोमा सहभागी भएर सहयोग गर्दै आएकी छन् उनि ।
बाढीपहिरोबाट पीडितका लागि उनको समूह ‘बुद्ध आमा समूह लन्डन’ ले ५१ हजार रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै नेपालमा गएको भुकम्प पीडितका लागि ५ किलोमिटर च्यारिटी रन पनि गर्नुका साथै खाद्य, लत्ता कपडादेखि आर्थिक सहयोग र सङ्कलन समेत गरेर नेपाल पठाएकी थिइन । नेपाल होस अथवा बेलायत जताको लागि पनि उनी च्यारिटिमय काम गर्न तत्पर हुन्छिन ।
लन्डनमा आयोजना भएको हाफ म्याराथुनमा पनि स्वयसेवा गरिसकेकी छन् । भक्तपुर मा रहेको अभिभावक स्वाबलम्बन केन्द्रको लागि उनकै पहलमा आफ्ना साथीसँग मिलेर च्यारिटी शो गरेर १० लाख रुपैयाँ सङ्कलन गरेकी छिन । जुन केन्द्रमा मस्तिष्क पक्षघात भएका बालबालिका छन् । लन्डनमा रहेको बिभिन्न नेपाली संघ संस्थामा सदस्य, आजीवन सदस्य रहेकी उनी बुद्ध आमा समूह लन्डन कि कोषाध्यक्ष बुद्धिस्ट कम्युनिटी सेन्टर लन्डन कि कल्चर सेक्रेटरी हुन भने क्याडेन्जा युकेको महिला संयोजकसमेत रहेर कार्य गरिरहेकी छिन ।
सन् १९९८ मा ब्रुनाइमा भएको ‘महिला प्रतिभा’ प्रतियोगितामा फस्ट रनर अप बनेकी उनले आफ्नो रचना र आवाजमा एउटा एल्बम पनि निकाली सकेकी छिन । उनको पहिलो गीत १९९३ मा हङकङमा रेकर्ड गरिएको थियो । उनले आफ्नै कथा तथा निर्देशनमा ३ वटा नाटक बेलायतको रंगमञ्चमा मन्चन भइसकेक छन् । उनी सन् २०१७ कि मिसेस ट्यलेन्ट पनि हुन।
सामाजिक क्षेत्रमा पनि सक्रिय रहंदै आएकि अञ्जु बेलायतस्थित विभिन्न नेपाली सामाजिक संस्थामा आबद्ध हुदै आएकी छन्






