मस्कोमा प्रधान न्यायाधीश जबराको स्वागत

मस्को । वैशाख पूर्णिमा अर्थात् किरात जातिले मनाउने उभौली पर्वको साथै बुद्धजयन्तीको पावन अवसरमा मास्कोस्थित नेपाली राजदूतावासको प्रांगणमा रुसी भाषामा नेपालका पुराकथा र किम्बदन्ती ग्रन्थको विमोचनका साथै रुसको सर्वोच्च न्यायालयका अध्यक्षको निमन्त्रणामा मास्को आइरहनुभएका नेपालका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वागतार्थ भव्य समारोह सुसम्पन्न भयो ।

मस्कोस्थित नेपाली राजदूतावासका निकाय उपप्रमुख खीमानन्द भुसालले सभाकक्षमा उपस्थित नेपालीहरु र आमन्त्रित रसियाली मित्रहरुको हार्दिक स्वागत गर्दै समारोहको दुई पाटो अर्थात् नेपालका सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जंगबहादुर राणाको स्वागत र रुसी भाषामा प्रकाशित पुस्तकको विमोचन सम्पन्न हुन गइरहेको जनाउनु भएपछि रुसका लागि नेपाली राजदूत महामहिम ऋषिराम घिमिरेले नेपालका प्रधान न्यायाधीश दम्पति तथा उहाँको साथमा रुसको यात्रामा आइरहनुभएका नेपाली पाहुनाहरुका साथै रुसमा बसोवास गरिरहेका नेपाली समुदायका प्रतिनिधिहरु र रसियाली विद्वान् विदिुषी तथा लेखक कविहरुको हार्दिक स्वागत गर्नुहुँदै उहाँहरुको रुसयात्रा सुखद र दुई देशबीच सुमधुर रहिआएको मैत्रीसम्बन्धको भावी विकास तथा सुदृढीकरणका लागि उपलब्धिमूलक रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो र विमोचनार्थ प्रस्तुत हुन गइरहेको नेपालका पुराकथा र किम्बदन्ती शीर्षकमा प्रकाशित पुस्तकको लेखकको पनि परिचय दिनुभयो ।

गैरआवासीय नेपाली संघ (एनआरएन) का केन्द्रीय महासचिव डा. बद्री के.सी., एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतम प्रभृतिले पनि नेपालका प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको मस्को यात्राको सफलताको कामना गर्दै रुसमा उहाँको स्वागत गर्न पाइएकोमा हर्ष प्रकट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *