बालुवाटार जग्गा प्रकरणमा सञ्चारमन्त्रीले मुख खोलेः विष्णु पौडेल ठगिनुभयो अपराधी हुनुहुन्न

????????????????????????????????????

काठमाडौं– सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल ठगिएको बताएका छन् । बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । मन्त्री बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा लगिएको विषयमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई नछाड्ने बताए ।

उनले भने, ‘सो जग्गा प्रकरणमा नेकपाका महासचिवको समेत नाम जोडिएको उल्लेख गर्दै महासचिव पौडेलले विज्ञप्ति मार्फतनै स्पष्ट पार्नुभएको छ’ उनले भने,‘उहाँ ठगिनुभो, अपराधी हुनुहुन्न् । उहाँले जारी गरेको विज्ञप्तिको आधारमा उहाँ पीडित बन्नुभएको छ । त्यहाँ सर्वसाधारणले पनि जग्गा किनेका होलान्, यसलाई राजनीतिकरण गर्ने काम भयो ।’

मन्त्री बास्कोटाले सार्वजनिक जग्गालाई निजीमा ल्याउनेलाई छानविन गरेर तत्काल कार्वाही गर्ने बताए । मन्त्री बास्कोटाले भने, ‘सरकारी सम्पतिको रक्षा गर्नु नै सरकारको दायित्व हो, सरकारले अहिले जग्गा रोक्का गरेको छ । नेकपाका महासचिवले जग्गा किन्नु नै संलग्नता होला र ? उहाँलाई त झुक्याइएछ ।’

बालुवाटारस्थित ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा गएपछि सरकारले यस अगाडि नै शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानविन समिति बनाइएको र अध्ययन भैरहेको मन्त्री बास्कोटाले बताए । उनले सार्वजनिक जग्गा व्यक्तिका नाममा भएको पाइएमा सरकारले सत्यतथ्य पत्ता लगाएर आफ्नो नाममा ल्याउने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *