काठमाडौं– उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले इन्डोनेसियाली उपसभामुख फडली जोनसँग शिष्टाचार भेट गर्नुभएको छ ।
इन्डोनेसियाको बालीमा हुने ओपन गभर्मेन्ट पार्टनरसीप कार्यक्रममा सहभागी हुन पुग्नुभएकी उपसभामुख डा. तुम्बाहाङ्फेले आफ्ना समकक्षीसँग भेट गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, संसदको सम्बन्ध, संसदीय आदान प्रदानका विषयमा छलफल भएको छ ।
भेटमा दुवै देशका पर्यटन प्रबद्र्धनमा सहयोग गर्नेबारे पनि छलफल भएको छ ।
इन्डोनेसियाली उपसभामुख फडली जोनले नेपालको संघीय संसदसहित प्रदेश र स्थानीय तहमा भएको महिला सहभागिता उदाहरणीय रहेको भन्दै प्रशंसा गर्नुभयो ।
भेटमा संसद सचिवालयका सचिव डा. भरतराज गौतम, सांसद सरिता न्यौपानेलगायतको उपस्थिति थियो ।






