ढुङ्गाले च्याप्पिएर तीनको मृत्यु

डोटी, ६ चैत । डोटीमा ढुङ्गा निकाल्दै गर्दा च्यापियर तीनजनाको मृत्यु भएको छ । डोटी जिल्लाको उत्तरमा पर्ने डौड गाविसको भल्मा भन्ने ठाउँमा घरको छाना छाउने ढुङ्गा निकाल्ने क्रममा बिहीबार च्याप्पियर तीनजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा डौड गाविस–३ का खली विष्ट, भक्त विष्ट र कन्थे विष्ट रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गम्भीर घाइते लालबहादुर बोगटीलाई उपचारको लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।