लन्डन– नेवारी परम्पराअनुसार गरिने सामूहिक बेलविवाह आगामी २६ मे मा लन्डनमा आयोजना गरिने भएको छ । प्रत्येक दुई वर्षमा एक पटक बेलायतमा हुर्के बढेका बालबालीकाको सामूहिक बेलविवाह आयोजना गरिर्दै बेलविवाह यो वर्ष २६ मे मा आयोजना गरिन लागिएको हो । नेवारी संस्कारअनुसार बिवाहको पहिलो खुट्किलो तथा गुफापूर्व गरिने सुवर्णकुमार(बेल बिवाह) गर्ने गरिन्छ ।
कार्यक्रम लन्डनको साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आइतबार बिहान १० बजे शूरु हुने फाउण्डेसनका सदस्य नगेन्द्र श्रेष्ठले जानकारी गराए । फाउण्डेशनका सदस्य श्रेष्ठका अनुसार नेवाः पण्डितले सामूहिक बेल विवाह गर्नेछन् ।
जसको लागि सम्पूर्ण तयारी मतिना फाउन्डेसनले गरिरहेको जनाएको छ । नेवारी परम्परामा अपरिहार्य मानिने बेलविवाह कार्यक्रमको तयारीमा फाउन्डेसन जुटेको जनाइएको हो ।
नेवारी समुदायमा छोरीलाई तीन पटक विवाह गर्ने चलन अनुसार पहिलो पटक बेल, दोस्रो पटक सूर्य र तेस्रो पटक मान्छेसँग विवाह गरिने चलन रहेको छ । बेलको अर्थ कहिल्यै नकुहिने अर्थात नमर्ने भएकाले छोरीलाई जीवनभर सुखमय हुने विश्वासले बेलविवाह गर्ने चलन चल्दै आएको हो ।
शास्त्रअनुसार इही(बेलविवाह) कन्यालाई गुफा बस्नु अगाडि नै श्रीफल(बेल)सँग विवाह गराइन्छ । यसरी विवाह भइसकेपछि कन्याले प्रौढ भएपछि आफ्रनो स्वयम्बर भनिने विवाहमा माला पहि¥याई वरण गर्न सक्छन् । विवाहको पतिलाई प्रौढावस्थामा पनुमिर्लन गराइन्छ भन्ने कथन छ ।
शास्त्रमा कन्यालाई गुफामा नबस्दै विवाह गराइसक्नुपर्ने निर्देशन समेत भएका पाइन्छ । सामान्यतया गुफा ९ वर्षदेखि १५ वर्षसम्म राख्ने चलन छ । नेवार समुदायमा छोरीलाई १२ दिनसम्म गुफा राख्ने गरिन्छ ।






