प्रधानमन्त्रीको सम्बोधन आज : दोस्रो वर्षमा ‘गियर चेन्ज’को घोषणा गर्ने

k|wfgdGqL cf]nL –kqsf/ ;Dd]ng ef/tsf] tLg lbg] /fhsLo e|d0f ;s]/ :jb]z kms{g' ePsf k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ lqe'jg cGt/f{li6«o ljdfg:yndf cfof]lht kqsf/ ;Dd]ngdf e|d0fsf]] af/]df hfgsf/L lbg'x'Fb} . tl:a/M k|bLk/fh jGt, /f;;

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह देशवासीका नाममा सम्बोधन गर्दैछन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दिउँसो ४ बजे सिंहदरबारबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

गत वर्ष फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीले एक वर्षमा गरेका विकास निर्माण, संविधान कार्यन्वयन, सुशासन लगायतमा गरेका कामहरुको सूचीको फेहरिस्तसमेत सार्वजनिक गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सरकारले पहिलो बर्षमा सम्बृद्धिका लागि आधार तयार गरेकाले पहिलो बर्षलाई आधार वर्षका रुपमा लिँदै दोस्रो वर्षलाई कामको ‘गियर चेन्ज’का रुपमा अगाडि बढाउने तयारी गरेको छ ।

यसैबीच प्रधानमन्त्रीले आजै बिहान नेपाल पानीजहाज कार्यलय र ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विधुतको शेयर धनी’ कार्यक्रमको उद्घाटन गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *