लाइभ कन्सर्टका लागि ‘भोइस अफ नेपाल’ को टोली लन्डन प्रस्थान

जेनी भट्टराई

काठमाडौं – बेलायतका विभिन्न शहरमा हुन लागेको लाइभ कन्सर्टका लागि भोइस अफ नेपालको टोली लन्डन उडेको छ । भोइस अफ नेपालका सेभेन स्टार लाइभ कन्सर्टका लागि बेलायत प्रस्थान गरेको हो । ‘भोइस अफ नेपाल यूके कन्सर्ट’ को आयोजक क्यान्डेजा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेड र एनआरएन यूकेको समन्वयमा हुन लागेको कन्सर्टमा सहभागि हुन टोली त्यसतर्फ उडेको हो ।

टोलीलाई बेलायतस्थित क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेडले ल्याउन लागेको हो । यही फेबुहरि १६ देखि मार्च ९ सम्म बेलायतका विभिन्न ठाउंमा ‘द भोइस अफ नेपाल यूके कन्सर्ट’ आयोजना गरिदैछ । कन्सर्टका लागि भोइस अफ नेपालका विजेता सिडे विजय अधिकारी, फाइनलका प्रतियोगीहरु सिर्जे थपलिया, कुशल आचार्य र सप्तक दूतराजको साथमा विवेक वाइवा लामा, सुरेखा क्षेत्री र श्रेया राई बेलायत प्रस्थान गरेका हुन । टोलीमा सुशील र नेपाल प्रोडक्सन टिमका सदस्यसहित कुल ११ जनाको टोली नेपालबाट प्रस्थान गरेको हो ।

कन्सर्ट यही फेब्रुअरी १६ मा फोक्सटनको हकिंग्स कम्युनिटी सेन्टरबाट सुरु हुने भोइस अफ नेपाल यूके कन्सर्ट फेब्रुअरी १७ मा फार्नबरोको ओकफार्म लिजर क्लबमा, फेब्रुअरी १८ मा बर्मिङहमको वेस्ट बर्मिचस्थित द कन्फरेन्स सुटमा, फेब्रुअरी २३ मा लण्डन फेल्थामको फेल्थाम कम्युनिटी कलेजमा, २४ फेब्रुअरीमा प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा, मार्च ३ मा रेडिङको साउथ रेडिङ कम्युनिटी सेन्टरमा र ९ मार्चमा स्वीण्डनको पञ्जाबी कम्युनिटी सेन्टरमा आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *