एनआरएन यूकेले अर्थमन्त्री डा. खतिवडासँग बृहत्त अन्तकृर्या गर्दै

लण्डन-  गैर आवासीय नेपाली सघ (एनआरएन) यूकेले अर्थमन्त्री डा. युवराज खतिवडासँग अन्तकृर्र्या कार्यक्रम गर्ने भएको छ । यही फेब्रुहरि २१ तारिखका दिने अर्थमन्त्री खतिवडासँग अन्तकृर्या कार्यक्रम गर्ने भएको हो ।

नेपाल सरकारका अर्थ मन्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष,नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरसमेत रहेका खतिवडासँग यहि फेबुअरी तेश्रो साता अर्थात २१ तारिखका दिन सो कार्यक्रम गनि लागिएको एनआरएन अध्यक्ष योगकुुमार फगामीले जानकारी गराए ।

कार्यक्रम सामुहिक लगानी सम्बन्धी विषयमा हुनेछ । अध्यक्ष फगामीले एनआरएन युकेले इतिहासमै पहिलो पटक नेपालका अर्थ मन्त्री डा. खतिवडासँग प्रत्यक्ष अन्तक्रिया गर्न लागेको भन्दै खुसी ब्यक्त गरे । अध्यक्ष योगकुमार फगामीका अनुसार अन्तरकृया कार्यक्रम नेपालको कर प्रणाली, राजस्व सम्बन्धी ब्यवस्था एवं एनआरएनसँग जोडिएको सामुहिक लगानी एवं सरकारी नीति नियम तथा विनियम विषयमा जानकारी लिन सहज हुनेछ ।

साथै नेपाल सरकारको सम्बन्धीत राजस्व वा कर विभागबाट फेरबदल गरी सहज बनाई लगानीको लागी उपयुक्त वातावरण बनाउन समेत एनआरएनले सुझाब दिन आवश्यक ठानेको अध्यक्ष फगामीले बताए ।

एनआरएन यूके महासचिव आर के त्रिपाठीले एक प्रेस बिज्ञप्ति जारी गर्दै कार्यक्रम गैरआवासीय नेपालीको लागि निकै महत्वपूर्ण रहेकाले सहभागिताको लागि आग्रह गरेका छन् । महासचिव त्रिपाठीले कार्यक्रममा सहभागि भई आफना जिज्ञासा राख्न र आवश्यक सल्लाह तथा सुझाव राख्नसमेत अपिल गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *