काठमाडौं– सरकारले भाषा आयोगको सदस्य* पदमा उषा हमाललाई नियुक्त गरेको छ । हमाल सुर्खेत निवासी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले हमाललाई सदस्य पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।
त्यस्तै सरकारले विशेष राहदानी बहाकलाई एकअर्को मुलुकको भ्रमण गर्दा प्रवेशाज्ञामा छुट दिने सम्झौतालाई स्वीकृत गरेको छ ।
त्यसैगरी रक्सौल–अमलेखगञ्ज पाइपलाईन विछ्याउन केही रुखहरु काट्नुपर्ने भएकाले ती रुखहरु हटाउन अनुमति दिएको छ । क्याविनेटले राजपत्रांकित वा सो सरहका कर्मचारी समायोजन नेपाल सरकारले गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी विदेशी कुटनीतिक नियोगलाई जग्गा उपलब्ध गराउँदा त्यो जग्गाको हदबन्दी लगाएको छ । जसमा राजदूतावासका लागि बढीमा १२ रोपनी*, बाणिज्य दूतावासका लागि ८ र महावाणिज्य दूतावासका लागि ३ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।






