लन्डन -गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद यूएईको आयोजना तथा संयोजन र अहलिया अस्पताल अबुधाबीको प्राबिधिक सहयोगमा यूएईको अबुधाबीमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । उक्त निशुल्क स्वास्थ्य शिबिरबाट एक सय भन्दा बढी नेपाली लाभान्वित हुनुभयो ।
नेपाली तथा बिदेशी चिकित्सकद्वारा सेवा प्रधान उक्त शिविरमा रक्तचाप, सुगर, इसिजी र आबस्यकता अनुरुप रगत तथा अन्य जांच गरिएको थियो भने चिकितसकको सल्लाहमा आवश्यकता रहेका व्यक्तिहरुलाई विशेषज्ञ समक्ष चेक जाँचको सिफारिश गरिएको थियो ।






