लण्डन । बेलायतको भ्रमणमा रहेका गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङसंग अल्डरशटमा एनआरएनए युकेले एक अन्तरक्रिया कार्यक्रम गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले गण्डकी प्रदेश (४ नम्वर प्रदेश) का आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङ र पूर्व सभासद नगेन्द्र कुमालसंग बुधवार अल्डरशटस्थित भेटघाट रेष्टुरेन्टमा अन्तरक्रिया गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले विदेशमा बसेर फरक फरक रङ नदेखाउन अनुरोध गरे ।उनले विभिन्न राजनीतिक रङ नदेखाए नेपालीको मात्र रङ देखाउन आग्रह गरे ।
उनले विदेशमा बसेका नेपाली समुदायलाई विदेशमा बसेर राजनीति नगर्न अनुरोध गर्दै राजनीति गर्ने इच्छा भए नेपालमै फर्किन आग्रह गरे । उनले विदेशमा सिकेको सिप, ज्ञान, प्रविधी र लगानी नेपालमा भित्राउन सकृय रुपमा लाग्न अनुरोध गरे ।
उनले गैरआवासीय नेपाली संघको नागरिकतालाई कसैले रोक्न नसक्ने वताउँदै संसदीय प्रकृया पुरा गरे पछि नागरिकता प्राप्तिको सुनिश्चिता हुने वताए । उनले सधैं नागरिकताको मात्र कुरा नगरेर साच्चिकै देशमा केही गरेर देखाउन समेत एनआरएनलाई आग्रह गरे ।
यस्तै पूर्व सांसद नरेन्द्र कुमालले नेपालमा सहज रुपमा लगानीको वातावरण र विदेशमा बस्ने नेपालीहरुले निर्वाचनमा भाग लिने अधिकारको सुनिश्चिता हुन पर्नेमा जोड दिए । उनले एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनाको कदर हुनु पर्ने वताए । उनले नेपालका जनजातीहरुले आफ्नो हक अधिकारको लागि आन्दोलन गरेको वताउँदै अहिलेको दुई तेहाईको सरकारले धेरै काम गर्न सक्ने भएको हुँदा सबै पक्षको मागलाई सम्वोधनको लागि पहल गर्न आग्रह गरे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य, बार्नेट बरो काउन्सिलर लक्ष्य गुरुङ,आइसीसी सल्लाहकार सुरेन्द्र नेपाल श्रेष्ठ, आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युबराज गुरुङ लगायतले मन्तव्य दिए ।
कार्यक्रममा बिभिन्न संघसँस्थाहरुको बाक्लो उपस्थिती थियो । अन्तरक्रियामा शेर सुनार, प्रेम गाहा मगर, बिनय अधिकारी,भक्त गुरुङ, नन्दजंग गुरुङ, हितकाजी गुरुङ, जीव बेल्बासे, डेभिड गुरुङ, कमल गुरुङ, होमनाथ पौडेल, रामचन्द्र गुरुङ, मिन गुरुङ, कुमार गुरुङ, क्रिस गुरुङ सहारा, हेम गुरुङ, दिल राज गुरुङ माछापुछ्रे, जुमकाजी गुरूङ,बाचस्पती रेग्मी, कल्पना गुरुङ ,एशियन महिला यूके, समुन्द्र गुरुङ थाउजेण्ड गुरुङ, नारायण गुरुङ, दुत पुन, नेम थापा, पुरण गिरी, सपन कुमार राई, नरेश गुरुङ, क्या राजु, क्या. चित्र गुरुङ, नन्द कुमारी गुरुङ लगायतको उपस्थिती रहेको थिए ।
गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव राजकुमार त्रिपाठीले गरेका थिए । सहभागीहरुले कार्यक्रमको अन्त्यमा मन्त्रि गुरुङसंग विभिन्न जिज्ञाषा राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपालीहरुका समस्याहरुका बिषयमा छलफल केन्द्रित थियो । कार्यक्रममा एनआरएनए यूकेकी उपाध्यक्ष श्रीमती पुनम गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।






