रवि लामिछानेले गरे ‘शिव मन्दिर’ भवनका लागि १३ हजार पाउन्ड सहयोग

लण्डन । लण्डन निवासी युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले बेलायतको अल्डरसटमा खरिद गर्न लागिएको शिव मन्दिर भवनका लागि आर्थिक सहयोग छन । समाजसेवा गर्न निकै रुची राख्ने स्वभावको लामिछानेले मन्दिर भवनका लागि १३ हजार २७ पाउन्ड चन्दा सहयोग गरेका हुन ।

शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका अनुसार अहिलेसम्म उपलब्ध सहयोगमध्ये यो सबैभन्दा धेरै रकम हो । लामिछानेले यसअघि पनि बेलायत र नेपालमा शिक्षा तथा धार्मिक कार्यमा हजारौं पाउण्ड सहयोग गरिसक्नु भएको छ । सेन्टरले शिव मन्दिर तथा सामुदायिक केन्द्र स्थापनार्थ भवन खरिदका लागि सहयोग जुटाउन जनवरी ४ तारिख देखि ३ दिने श्रीमद्भागवत पुराण तथा वेद र बुद्ध दर्शन सम्बन्धि आध्यात्मिक प्रवचन गर्दैछ ।

वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको सुमधुर वाचनमा उक्त आध्यात्मिक महोत्सव हुनेछ । सेन्टरका अध्यक्ष रोहित कुमार गुरुङका अनुसार, हालसम्म संस्थाले नगद करिब १ लाख ८५ हजार पाउण्ड जम्मा गरिसकेको छ । उठ्न बांकी प्रतिवद्धता रकम करिब ७२ हजार पाउण्ड छ । सेन्टरले खरिद गर्न लागेको भवनको मुल्य तीन लाख पाउन्ड लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *